कुमार लामाको सुनुवाई स्थगित हुदा प्रत्यक्षदर्शी बेलायतमा अलपत्र

४ चैत्र २०७१, बुधबार २२:५४ मा प्रकाशित

चिरन शर्मा, लन्डन । युद्ध अपराध अभियोगमा बेलायतमा मुद्दा खेपिरहेका नेपाली सेनाका बहालवाला कर्णेल कुमार लामाको मुद्दा सुनुवाइ मंगलबारदेखि फेरि स्थगित भएको छ । स्रोतका अनुसार बेलायत स्थित अदालतमा दोभाषेका रुपमा काम गर्ने जनशक्तिको अभावका कारण लामाको सुनुवाई अगष्ट महिना सम्मका लागि स्थगित गरिएको हो। लामाको मुद्दामा गत महिनाको अन्तिम साता देखी सुनुवाई सुरु भएको थियो। सेन्ट्रल लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट, ओल्ड बेलीमा मंगलबार बसेको जुरीले प्राविधीक कारण देखाउदै उक्त सुनुवाई स्थगित भएको निर्णय सुनाएको थियो। सुनुवाईकै क्रममा अदालतले घट्नाका प्रत्यक्षदर्शीलाई अदालतमा उपस्थित आदेश दिएको थियो। लामामाथि सन् २००५ मा गोरुसिङ्गे ब्यारेकमा कार्यरत रहँदा जनकबहादुर राउत र करम हुसेनलाई यातना दिएको आरोप छ। उक्त आरोपलाई लामाले अस्वीकार गर्दै आएका छन । राउत अहिले आफ्नो बयान दिन लन्डन पुगेका छन्। उनको बयान पुरा नहुदै सुनुवाई स्थगित भएको छ। अदालतमा बयान दिन पुगेका राउत लगायतका ब्यक्तिहरु अहिले लन्डनमा अन्योलमा छन । स्रोतका अनुसार सुनुवाई लम्बिएका कारण सबै जना नेपाल फर्किने तयारीमा छन । सशस्त्र द्वन्द्वकालमा मानवअधिकार हनन गरेको अभियोगमा लामालाई २०१३ जनवरी पहिलो साता बेलायतमा पक्राउ गरिएको थियो । सुडान मिसन प्रमुख रुपमा कार्यरत लामा बेलायतमा रहेकी श्रीमती भेट्न आएका बेला मेट्रो पोलिटन पुलिसले उनलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने