एनआरएन अमेरिकाको उम्मेदवारी दर्ता सुरु , डेडलाइन मार्च २६

४ चैत्र २०७१, बुधबार २२:२१ मा प्रकाशित

न्युयोर्क । एनआरएन अमेरिकाको चुनावी कार्यतालिका अनुशार उम्मेदवारी दर्ताको म्याद सुरु भएको छ । यो म्याद आगामी मार्च २६ सम्म कायम रहनेछ । यस अगाडि मार्च २३ सम्म उम्मेदवारी दर्ताको म्याद राखिएकोमा त्यसलाई संसोधन गरी मार्च २६ सम्मका लागि उम्मेदवारी दर्ताको म्याद लम्बाइएको हो । एनआरएन अमेरिकाको कार्यसमितिले गरेको आग्रह अनुशार चुनावी कार्यतालिका हेरफेर गरिएको निर्वाचन आयुक्त विनोद रोकाले जानकारी दिनुभएको छ । चुनावी कार्यतालिका मार्च १६ देखि २६ सम्म उम्मेदवारी दर्ताको मिति रहेको छ । उम्मेदवारी दिन इच्छुकले मार्च २६ को मध्यरातसम्म अनलाइनमार्फत आफ्नो उम्मेदवारी दर्ता गराउन सक्नेछन् । मार्च २९ मा उम्मेदवारहरुको पहिलो सुची प्रकाशित गरिनेछ । मार्च ३१ र ३१ म दावी , विरोध र उम्मेदवारी फिर्ताका लागि मिति तोकिएको छ भने अप्रिल ३ मा उम्मेदवारको अन्तिम सुची प्रकाशित गरिने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै अप्रिल ४ देखि १५ सम्म चुनावी प्रचारप्रसारको अवधि तोकिएको छ । त्यसपछि अप्रिल १६ देखि २० सम्म अनलाइन र कागजी मतपत्रमार्फत मतदान हुनेछ । अप्रिल २५ र २६ मा मतगणनापछि मत परिणाम घोषणा गर्ने आयोगले जनाएको छ । एनआरएन अमेरिकाको आगामी मार्च २१ र २२ मा हुने वार्षिक साधारणसभाले विधान संसोधन गर्ने चर्चा भइरहेपनि वर्तमान विधान अनुशार नै निर्वाचन कार्यतालिकाको घोषणा गरिएको हो । एनआरएन अमेरिकाको विभिन्न १९ वटा पदमा र पाँचजना एनआरएन आईसीसी सदस्यका लागि चुनाव हुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिन चाहनेले एकहजार अमेरिकी डलर उम्मेदवारी शुल्क बुझाउनुपर्नेछ भने बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन चाहनेले ८ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ । त्यस्तै दुईजना निर्वाचित हुने उपाध्यक्ष पदमा उम्मेदवारीका लागि ७ सय अमेरिकी डलर शुल्क बुझाउनुपर्नेछ । महासचिव पदमा उम्मेदवारीका लागि पनि ७ सय डलर नै शुल्क तोकिएको छ । सहसचिव र कोषाध्यक्ष पदमा उम्मेदवारीका लागि ६ सय डलर शुल्क तिर्नुपर्नेछ भने सहकोषाध्यक्ष, प्रवक्ता , मिडिया कोअर्डिनेटर, युवा कोअर्डिनेटर र महिला कोअर्डिनेटरमा उम्मेदवारीका लागि ५ सय अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ । ७ जना बोर्ड सदस्यका लागि हुने चुनावमा उम्मेदवारीका लागि भने ४ सय डलर शुल्क तोकिएको छ । पाँचजना निर्वाचित हुने एनआरएन आईसीसीको सदस्यमा उम्मेदवारीका लागि १ हजार अमेरिकी डलर शुल्क तोकिएको छ । त्यस्तै अलाबामा, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, फ्लोरिडा, जर्जिया, इलिनोय, मेरिल्याण्ड, मासाचुसेट्स, मिसिगन, न्यु ह्याम्सायर, न्यु जर्सी, न्यु मेक्सिको, न्युयोर्क, नर्थ क्यारोलिना, ओरेगन, पेन्सिलभेनिया, टेनिसी, टेक्सास, भर्जिनिया र वासिंटन राज्यमा एनआरएन अमेरिकाको च्याप्टरका लागि समेत चुनाव हुने भएको छ । च्याप्टर अध्यक्षमा उम्मेदवारी दिनका लागि ५ सय डलर शुल्क तिर्नुपर्नेछ । च्याप्टरमा एकजना उपाध्यक्ष निर्वाचित हुनेछन् , जसमा उम्मेदवारीका लागि ४ सय डलर शुल्क तोकिएको छ । त्यस्तै एकजना सचिव र एकजना कोषाध्यक्ष पदका लागि ३ सय ५० र ३ सय उम्मेदवारी शुल्क तोकिएको छ । च्याप्टरमा ११ जना डाइरेक्टरहरु निर्वाचित हुनेछन् । जसमा उम्मेदवारीका लागि २ सय डलर शुल्क तोकिएको छ । एनआरएन अमेरिकाको योग्य सदस्यले कुनै पनि पदका लागि तोकिएको समयभित्र उम्मेदवारी दिनसक्ने एनआरएन अमेरिकाको निर्वाचन आयोगले स्पष्ट पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आर्थिकरूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल यहाँ आउने भएको छ । अमेरिकी अर्थ मन्त्रालय

अमेरिकाको सर्वोच्च अदालतले महिलाले गर्भपतन गर्न पाउने सम्बन्धी संवैधानिक अधिकार समाप्त हुने फैसला गरेलगत्तै कतिपय राज्यमा गर्भपतन गराउने क्लिनिकहरू बन्द

अमेरिकी सर्वोच्च अदालतले आफ्नो एउटा महत्त्वपूर्ण फैसलामा कानुनी रूपमा गर्भपतनलाई अनुमति दिने पाँच दशक पुरानो निर्णयलाई उल्ट्याएको छ। यसपछि महिलाका

काठमाडौँ । अमेरिकामा गोली चल्ने घटना बढिरहेका कारण त्यहाँ खुलेआम बन्दुक बोक्न प्रतिबन्ध लगाउन माग चर्किएको बेला सर्वोच्च अदालतको नयाँ