नागरिकताको निरन्तरताको कुरा गर्दा न्युयोर्कमा महिलामन्त्रीसँगको डिनरमा भाँडभैलो, भातै छाडेर निस्किन् महिलामन्त्री

४ चैत्र २०७१, बुधबार २२:१९ मा प्रकाशित

गीता खत्री, न्युयोर्क , अमेरिका । हरेक बर्ष मार्च आठ तारिख आउछ, जान्छ । संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा संसारभरका महिला प्रतिनिधिहरु जम्मा हुन्छन, महिला हकहितका कुराहरु उठ्नछ, विगतका उपलब्धिहरुको सिंहाबलोकन गरिन्छन्, नयाँ प्रस्तावहरु पेश हुन्छन्, बजेटको व्यवस्था गरिन्छ, नयाँ ठाँउमा नयाँ प्रतिनिधिमण्डलका सदस्यहरुले पाइला टेक्न पाउंछन्, रमाइलो हुन्छ, प्रतिनिधिमण्डल देश फर्किन्छन् । पत्रपत्रिकामा, टेलिभिजनमा प्रतिनिधिमण्डलको विदाइ तथा स्वागतका खबर छापिन्छन् । महिला दिवस सकिन्छ । देशभित्रकै महिला जागरुक भएर हो वा अन्तर्राष्ट्रिय संगठनको दवावले हो महिला हकहितका बारेमा नेपाल लगायत अन्य धेरै देशहरुमा निकै प्रगति भइसकेको पनि देखिन्छ । सन् १९९५ मा बेइजिङमा भएको चौथो महिला सम्मेलनदेखि महिला सशक्तिकरण सम्बन्धमा निकै सुधार आए जस्तो मलाइ लागेको छ । नेपाली महिलाहरुको टोली पनि हरेक बर्ष न्यूयोर्क आइपुग्छन् । आप्mना उपलव्धिहरु अरुलाई सुनाउछन अनि नयाँ प्रस्तावको पोको लिएर नेपाल फर्किन्छन । यसपाली पनि महिला, बालबालिका तथा समाज कल्याण मन्त्री नीलम के सी उर्फ सीता खड्काले आफुसहित पन्ध्रजना सरकारी समुह र पैतालीसजना गैह«सरकारी समुह गरी साठी जनाको समुह लिएर न्यूयोर्क आइपुगेकी रहिछन ।
मार्च १३, २०१५, शुक्रबारको दिन मेरा मित्रहरु कुन्ति थापा तथा सीता खरेलका मिस कलहरु मेरो फोनमा धेरै नै रहेछन् । कामको बेलामा म घरपरिवारको आकस्मिक कल बाहेक अरु कलहरु उठाउदिन । कहिलेकांही फोन अफ नै गरेर पनि राख्छु । घर फर्केपछि खाजा खादैं म फोनका मिस कलहरु हेर्न र मेसेजहरु सुन्न थालें । सीताजी र कुन्तिजीको मेसेजहरु मात्रै रहेछन् । मेसेजहरु सुन्न थालें( ूगीताजी नेपालबाट महिला, बालबालिका तथा समाज कल्याण मन्त्री माननीय नीलम के.सी. तथा नेपाली प्रतिनिधिमण्डल न्युयोर्कमा आइपुगेका छन् । आज बेलुकी उहाँहरुसंग शिष्टाचार भेटघाट पनि गर्ने, सगै बसेर सौहार्दपूर्ण बातावरणमा बसेर डिनर पनि खाने, अनि छोटो अन्र्तक्रिया कार्यक्रम पनि गर्ने व्यवस्था मिलाएका छौं । जसरी भएपनि मालिङ्गोमा आठ बजे आइ पुग्नु होला ।ू दुबैजनाको मेसेजको टेक्स्ट झण्डै एउटै थियो, बोलिमात्र फरक । बेलुकीको कार्यक्रम रहेछ । कार्यक्रममा म नछुटोस भनेर मित्रहरुले लगातार फोन गरिरहनु भएको रहेछ । मलाई अलि सरम जस्तो लाग्यो, मैले एक पटकमात्र फोन उठाइ दिएको भए उहाँहरुलाई त्यत्रो कल गरिरहने दुःख हुने थिएन, अन्य मित्रहरुलाई बोलाउने समय मिल्थ्योे । फोन नउठाएर गल्ती नै गरेछु भन्ने प¥यो मलाई । मेसेज सुनि सकेपछि दुबैलाई पालैपालो फोन लगाएंँ । उहांँहरुसंग कुरा भयो । फोन उठाउन नसकेकोमा क्षमा मागें ।
कामबाट घर फर्किएपछि मलाई बाहिर निस्कन अतिनै कठिन लाग्छ । सकेसम्म म बाहिर निस्कन्न । म एउटा साहित्य सर्जक हुं । नेपाली भाषासाहित्य, कला तथा संस्कृतिको निस्वार्थ सेवामा आप्mनो आर्जनको केही अंश समर्पित गरिरहेको व्यक्ति हुं । यही सामाजिक काममा मेरो संलग्नता छ र रहिरहनेछ । म कुनै राजनैतिक पार्टीसंग सम्बन्धित व्यक्ति होइन । तर कुन्ति बहिनी र सीताजीको आग्रहलाई मैले टार्नपनि सकिन । साथीहरुको भावनालाई कसरी नकार्ने । उहाँहरुलाई समयमै कार्यक्रम स्थलमा पुग्ने बचन दिएंँ । पेटमा अलि विसन्चो जस्तो पनि थियो । एउटा पेप्सीड खाएर म मालिङ्गोतिर लागेँ ।
म मालिङ्गगो पुग्दा माननीय मन्त्रीज्यु नीलम के.सी. लगायत सबै मित्रहरुको उपस्थिति भइसकेको थियो । अनौपचारिक कार्यक्रम भएपनि सबैको चिनापर्चीबाट कार्यक्रमको शुभारम्भ गरियो । कार्यक्रममा उपस्थित हुनेहरु मध्ये कतिपयको नामबाट परिचित भएपनि नजिकबाट आप्mना मनका भावनाहरु एक आपसमा साटासाट गर्ने मौका पाएका थिएनौ । यो मौकाको संँयोजन गरेर बहिनी कुन्ति थापा र मित्र सीता खरेलले हामी सबैलाई ठुलो गुण लगाउनु भएको थियो । त्यसैले त्यो पल, त्यो क्षणले हामी सबैलाई खुसी तुल्याएको थियो । उपस्थित दिदिबहिनीहरु सबैजना हांँसी खुसीले रमाइरहनु भएको थियो । हामी आप्mनो जन्मभूमि, बृद्ध बाबुआमा, नजिकका आफन्तहरु तथा प्यारा साथीभाइहरु छोडेर परदेशमा बसेका छौं । नेपालबाट आउनु भएका पाहुनाहरुसंग एक छिन् बसेर भलाकुसारी गर्न पाउंँदा हामीलाई अति आनन्द आउछ । साँच्चै भन्नु पर्दा हामी अमेरिकी भूमिमा बसेपनि हामीलाई आप्mनै नेपाली माटोको माया र नेपालको सुगन्धले हाम्रो आत्मालाई गाँजिरहेको छ ।
अन्र्तक्रियाको औपचारिकताको घोषणा गर्दै मित्र सीता खरेलले आप्mना मनमा लागेका कुराहरु माननीय महिला, बालबालिका तथा समाज कल्याण मन्त्री समक्ष पालैपालो राख्न सबैलाई अनुरोध गर्नु भयो । अरुलाई मौका दिँदादिदै सीताजीसंग आप्mनै प्रश्न पनि थियो । सीताजीको प्रश्न थियो( आमाको नामबाट छोराछोरीले नागरिकता पाउने सम्बन्धमा के कस्तो कानुनी व्यवस्था बनेको छ ?
त्यसपछि बहिनी बन्दना कोइरालाले तीनवटा प्रश्नहरु माननीय मन्त्री समक्ष राख्नु भएको थियो । प्रश्नहरु यस्ता थिए –
(१) नेपालमा बालिकाको बलत्कारहरु क्रमिक रुपले बढी राखेको छ । यसलाइ नियन्त्रणमा ल्याउन सरकारले कस्तो नियम कानुन ल्याउने सोच बनाएको छ ? मुत्युदण्ड नै दिने कानुन बनाइयोस भनेर जनमानसबाट पनि दवाव सिर्जना भएको छ । यसमा मानीयय महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीज्युको के दृष्टिकोण छ ?
(२) एक पटकका नेपाली सँधैका लागि नेपाली भन्ने एन.आर.एनको एजेण्डामा माननीय मन्त्रीज्युको के राय छ ?
(३) बेइजिङ सम्मेलनले पारित गरेका महिला सम्बन्धी के के प्रस्तावहरु हालसम्म कार्यान्वयनमा आएका छन् ?

हामीसंग अरू केही प्रश्नहरु थिए तर आएका पाहुनाहरुलाई प्रश्नैप्रश्नको भारीले थिचेर छोटो समयलाई किन पिडादायी बनाउने भन्ने लागेर प्रश्नलाई मनभित्रै थन्क्याइ सकेका थियौं । मैले झण्डै तीस बर्षदेखि नेपाली राजनैतिक नेता तथा उच्चपदस्थ अधिकारीहरुको दुइटा रुपस विदेशमा जाँदाको रुप र देशभित्र कुर्चीमाथि बस्दाको रुप देख्दै आएको छु । त्यसैले उहाँहरुको बोली, बचन र आश्वासनप्रति विश्वास राख्दिन । साथीहरुलाई सहयोग गर्न मात्र हिँडेकी हुं । मन्त्रीलाई प्रश्न गर्नु नगर्नुमा मेरो कुनै चासो नै थिएन । कतिपय नेतालाई धेरै कुराको ज्ञानै नहुने रहेछ । नेपाली भएपछि संसारको जुन कुनामा बसेपनि नेपाल बिर्सन नसकिने रहेछ । नेपाली भेटनासाथ आस्था र माया लाग्ने । त्यसैले नेताहरुले देशलाई जतिनै अधोगतिमा पु¥याएपनि उनिहरुलाई तिरस्कारै मात्र गरिरहन नसकिने रहेछ । हाम्रो नियती नै यस्तो ।
बन्दना कोइरालाको अन्य प्रश्नलाई थाति राख्दै माननीय मन्त्री नीलम के.सी उर्फ सीता खड्काले दोहोरो नागरिकताका सम्बन्धमा कडकेर जवाफ दिइन् – ‘तपाइहरु यहाँ बसेर पैसा पनि कमाउने, छोराछोरीलाई राम्रो शिक्षादीक्षा पनि दिने, अनि बुढेस काल भएपछि नेपाल फर्केर नेपालको सुविधा पनि लिने ? यो त हुंदै भएन । मरि गए पनि हुदैन । कुन देशमा छ दोरोहो नागरिकताको चलन ?’ यो जवाफ सुनेपछि मैले मन्त्रीको योग्यताको विचार गर्न पुगें । यदि योग्य र योग्यता भएको भए त्यस्ता जवाफ शायदै मन्त्रीको मुखबाट निस्कन्थे होलान । मन्त्री नीलम के.सीको अनुहार यतिबेला महकालीको रुप जस्तो भइसकेको थियो । त्यतीकैमा रबिन बज्राचार्यजीले नागरिकताको कुरालाइ थपेर अलि चर्कै स्वरमा मन्त्रीलाई प्रश्न थपे- ‘तपाईले त विदेशमा बस्नेहरुको रिस गरेको जस्तो छ !’ माननीय महिला, बालवालिका तथा समाज कल्याण मन्त्री नीलम के.सी पूर्ण आक्रोसमा आउनु भयो र रातो र पिरो अनुहार लगाउंदै भन्नु भयो -‘दोहोरो नागरिकताको बारेमा म आपैm विरोध गर्छु । दिदै दिन्न ।’ नि मैले नम्र भएर ‘दोहोरो नागरिकता नदिनुको कारण चाहि के हो नि मन्त्रीज्युू ?’ भनेर पुरक प्रश्न थपेको थिएँ । तर मलाई जवाफ दिनु भएन । बरु बसिरहेको ठाँउबाट जुरुक्क उठनु भयो । अनि म त झसंँग भएँ । डराएँ पनि । उहांँको ज्ञानको भण्डार तौलिएं । मन्त्रीलाई त दोरोहो नागरिकताको प्रचलन कुन कुन देशहरुमा छ, दोहोरो नागरिकता किन हुनु पर्छ, नेपाल र अन्य विकसित मुलुककाबीच दोहोरो नागरिकताको प्रचलन भएको खण्डमा के नेपाललाई सांच्चै फाइदा हुन्छ, फाइदा हुन्छ भने कसरी हुन्छ, बेफाइदा हुन्छ भने कसरी हुन्छ आदि सबै कुराको जानकारी हुनु पथ्र्यो । यदि आफुलाई जानकारी छैन भने आप्mनो मनलाई साक्षी राखेर मलाई यस बारेमा अहिले जानकारी छैन, बुझेर जवाफ दिनेछु भनेर सत्य बोल्ने सहास गर्न सक्नु पथ्र्यो । यति सामान्य ज्ञान पनि नभएका मन्त्रीले महिला, बालबालिका तथा समाज कल्याण जस्तो गहन विभागको जिम्मेवारीलाई कसरी सम्हाल्ने होला ।
के उनीबाट नेपालमा युगौदेखि थिचोमिचो, कष्ट तथा दुःख भोग्दै आएका महिला बर्गहरुको हकहित तथा भलाईको काम होला ? मेरो मनभरि यस्तै विचारहरुको व्दव्द चल्दै थियो । माननीय मन्त्रीले सिंह गर्जन गर्दै भनिन – ‘ ल म त डिनर पनि खान्न, म हिडेँ ।’ राजनैतिक प्रतिबद्धता बोकेका तथा आयोजक मित्रहरु सीता खरेलजी तथा कुन्ति थापाजी मन्त्रीको हात समात्दै ‘डिनर सकेर मात्रै जानु होला । हजुर यस्तो नगरौं । बरु हाम्रा प्रश्नहरुको जवाफ पनि चाहिंदैन । यसरी रात्रिको खाना नछोडनु होस, खानाले तपाइलाई सराप्ने छ । यसो नगरिदिनु होस ।’ भन्न थाल्नु भयो । म स्वतन्त्र मान्छे भएकोले उनलाई बस्न अनुरोध गर्ने कुनै औचित्य देखिन । बरु के सोच्न थालें भने देशमा यिनी जस्ता चारपांच जना मन्त्री भएभने देशलाई अधोगतिमा झार्न पुगी हाल्छ । किन धेरै चाहियो र । मेरो मन यिनै कुराहरु सम्झेर चिराचिरा भयो । अनि दोहोरो नागरिकता बारेमा मेरो सोचहरुको कल्पना गर्न थालें । मलाई त के लागेको छ भने युरोप, अमेरिका, क्यानडा, अष्ट्रेलिया तथा जापान जस्ता विकसित देशहरुमा विगत दश बर्षभन्दा बढी समयदेखि बसोबास गर्दै विभिन्न दक्षता तथा सीप हासिल गरिरहेका नेपालीमूलका नागरिकहरु वा उनिहरुका छोराछोरीलाई उनिहरुले चाहेको खण्डमा नेपालमा आएर काम गर्न पाउने, व्यापार व्यवसाय गर्न पाउने, घर, जग्गा, जमीन खरिद गर्न पाउने तथा लगानी गर्न पाउने अधिकारमा दिएमा उनिहरुले विकसित देशमा बसेर आर्जन गरेको सीपले नेपालको विकासमा अवश्य टेवा मिल्न सक्थ्यो । नेपाललाई माया नगर्ने मान्छे नेपाल जान मनै गर्दैन । भारतका तत्कालीन प्रधानमन्त्री राजीब गान्धीले भारतीयमूलका नागरिकहरुलाई यस्तै सुविधा दिएर नै भारतमा इष्टकोर्ट जस्तो प्रसिद्ध अस्पताल खुल्न पुगेको सबैलाई थाहैछ । जहां बर्षेनी चारपाच सय नेपाली हृदयका रोगीहरु औषधी उपचार गर्न पुग्छन् । भविष्यमा नेपालीमूलका नागरिकहरुले पनि नेपाल फर्किएर त्यस्तै काम गर्न नसक्लान र । त्यसैले एक पटकका नेपाली संधैको नेपाली बनाउंदा नेपाललाई नराम्रो हुन्छ जस्तो मलाई लाग्दैन । यसमा सम्बिधान निर्माताहरुले गहन विचार गर्दै अन्य देशहरुमा भएको दोहोरो नागरिकता सम्बन्धी नियम कानुनको अध्ययन गरेर र नेपालको परिस्थिति भौगोलिक अवस्थालाई ध्यानमा राखेर मात्र निर्णय गर्नु उचित हुनेछ ।
यो बाताबरणले आयोजकहरुलाई खिन्न बनाइरहेको थियो र बाताबरणलाई सहज बनाउने प्रयास गरिरहनु भएको थियो । मन्त्रींलाई सीता खरेलजी र कुन्ति थापाजी अगाडि गएर अनुनय विनय गर्दै हातमा सुमसुम्याउदै खानाको लागि अनुरोध गर्दै हुनुहुन्थ्यो । माननीय महिला, बालबालिका तथा समाज कल्याण मन्त्री नीलम के.सी. उर्फ सीता खड्काजी अझ उग्र हुंदै भन्नुभयो – मलाइ किन छुनु भयो । म पुलिस बोलाइ दिऊ ।’ यति भन्दै रेष्टुरेण्टबाट फटाफट बाहिर निस्कनु भयो । आयोजक साथीहरु लगायत उहासंगै आएका टोलीहरु सबैजना उहाँकै पछिपछि दोडिए । न्यूयोर्क जस्तो सहरमा आयोजकहरुले मन्त्रीलाई खाना खान रेष्टुरेण्टमा बोलाएर खाना नखाइ जान लाग्दा हात समातेर विन्तिभाउ गर्दा ‘मलाई नछुनु होस, म पुलिस बोलाई दिउ’ भनेर तर्साउनु के नेपाली मन्त्रिमण्डलको नयाँ शिष्टाचार बनेछ कि के हो ?
केही बर्ष अगाडि तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्यूयोर्क आगमनका बखत आयोजित स्वागत कार्यक्रममा उहाँलाई चारपांच जना नेपालीहरुले सभाहल भित्रै कालो झण्डा देखाएका थिए । त्यतिबेला मलाई डर लागेको थियो अव के हुने हो भनेर । तर बाबुराम भट्टराईले कति सजिलोसंग त्यो चारपाँच सयको भीडको ध्यान आफुतिर केन्द्रित गरि दिए । डा.बाबुराम भट्टराइले भने -‘तपाईहरुले कालो झण्डा देखाउनु भयो । मैले देखें । अब मेरो कुरा सुन्नु होस । ‘ होहलल्ला गरिरहेको भीड एक्कासी शान्त भयो । म छक्क परेको थिएँं । बाबुरामको प्रतिभा र सीप देखेर । तर आजका माननीय महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बीस पच्चीस जनाको समुहबाट सामान्य प्रश्नहरुका लागि पस्किएको भातै नखाइ हिडिन् । नेपाली राजनीतिका लागि यो एउटा विडम्बना नै मान्नु पर्छ । कस्तो नेतृत्वले देश हांकिरहेको प्रष्ट भएन र ?
सबै साथीहरु मन्त्रीको पछिपछि गए । म बाहिर निस्किन । भित्रैबसेर केही महिना अगाडि नेपालको संसद हलमा यस्तै स्वभावका मन्त्रीदेखि सभासदहरुबीच मेच हानाहान गरेको फेसबुकमा पोष्ट गरेका दृष्यहरु आँंखा वरिपरि नाच्न थाल्यो । हामीसबै विदेशीएका नेपालीहरुको मन विदेशमा भएपनि संधै स्वदेशको चिन्ताले सताइ रहन्छ । देशमा बाढी आउदा होस वा कलाकारहरु बिरामी हुंदा होस, वा कुनै साहित्यकारहरु विरामी पर्दा होस वा स्कूलको भत्कीएको छाना लगाउनको लागि होस् हामी सबै मिलेर आफनो गाँस कटाएर सहयोग गरिरहेका हुन्छौ । हामी आफु विरामी पर्दा औषधी खाएर काममा पुगेका हुन्छौ । जन्मेको ठाँउको माया देश छोडेपछि कति गहिरो हुन्छ भन्ने कुरा त परदेशीएकालाई मात्र थाहा हुन्छ । यी मन्त्रीको व्यवहार र चरित्र देखेर म एकाएक शुन्यमा हराएँ । कसरी देशको विकास होला र?
:: फोटो : भाँडभैलो सुरुहुनुभन्दा केहीबेर अगाडि मुस्कानका साथ खिचिएको तस्विर ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा