छिट्टो सहमति गरि संबिधान निर्माण प्रक्रिया सुचारु गर्न नेताहरुलाई नेम्वाङ्गको आग्रह

४ चैत्र २०७१, बुधबार २२:०९ मा प्रकाशित

काठमाडौँ, ४ चैत । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले प्रमुख राजनीतिक दलहरूवीच संबिधान निर्माण प्रक्रियामा जारी गतिरोध अन्त्य गर्दै नियमित प्रक्रिया सुचारु गर्न सहमति खोज्ने प्रयास स्वरुप प्रमुख राजननीतिक दलका शीर्ष नेतासँग बुधवार छलफल गरेका छन ।

सिहदरवारस्थित संविधानसभा अध्यक्षको कार्यकक्षमा भएको छलफलमा राजनीतिक दलवीच संविधान निर्माणका विषयमा ठोस सहमति र मिलन विन्दु नजुटिसकेको भए पनि सहमतिकै माध्यमबाट अघि बढ्ने र वार्ता छलफलाई जारी राख्ने विषयमा सकारात्मक कुराकानी भएको छ । बैठकमा दलका नेताहरूले सभामुखको सक्रियतालाई सकारात्मक कदमका रूपमा विश्लेषण गरेका छन् ।

बैठकको प्रारम्भमा सभामुख नेम्वाङले माघ ८ गते संविधान जारी हुने नसकेपछिको समयमा सहमतिका दलका नेताहरूले के कस्तो प्रयास गर्नुभएको छ, सहमतिको प्रयास कहाँ पुगेको छ भन्ने जिज्ञासा राख्दै छिटो सहमतिमा पुग्न ध्यान आर्कषित गराएका थिए । छिटो सहमति कायम हुन नसके अहिलकै अवस्थामा धेरै दिन अघि बढ्न नसकिने भन्ने धारणा उहाँले बैठकमा व्यक्त गर्नुभएको थियो । दलदरूवीच संविधान निर्माणका विषयमा ठोस सहमति कायम नगर्ने हो भने अहिलेकै स्थितिमा धेरै दिन रूमलिन सकिदैन भन्ने जानकारी संविधानसभाका अध्यक्षले गराएका थिए ।

बैठकमा सहभागी सबै दलका शीर्ष नेता एवं प्रमुख सचेतकहरूले सहमतिमा नै जोड जोड दिएका थिए । बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति सुशील कोइराला केही समय सहभागी भएर फर्किएका थिए । स्वास्थ्यको कारण जनाउँदै उहाँ बैठकबाट केही बेरमा नै बाहिरिनुभएको थियो । उनले सहमतिकै माध्यमबाट अघि बढ्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आफू प्रयासरत रहेको जानकारी गराएका थिए ।

बैठकपछि बोल्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै राजनीतिक दलका नेताहरूले सहमतिबाटै संविधान निर्माण हुनुपर्छ भन्ने पक्षमा जोड दिएको र प्रधानमन्त्री त्यसमा सकारात्मक रहेको उल्लेख गरे । दलहरूका वीच पछिल्लो समय सहमति बन्ने तर सहमति नगर्ने प्रवृत्ति बढेको भन्दै छ भन्दै उहाँले नेपाली काँग्रेस र नेकपा एमालेले जिम्मेवारीपूर्वक अघि बढ्न खोेजे सहमति हुने विश्वास व्यक्त गरे । सरकारमा बसेका राजनीतिक दलले बहुमतका माध्यमबाट संविधान बनाउँछौँ र देखाइदिन्छौ भनेको अवस्थामा त्यसले दुर्भाग्य निम्त्याउने उनको भनाइ छ । ऐतिहासिक महत्वको संविधानसभालाई संसद् बनाउने र त्यसलाई बहुमतबाट सञ्चालन गर्न खोजिए त्यो विडम्वना हुने चेतावनी अध्यक्ष प्रचण्डले दिए।

मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सत्तासिन दलले बहुमतको दम्भ त्याग्न सके सहमतिको सम्भावना कायमै रहेको बताए । मधेस बाहुल्य जिल्लालाई पहाडसँग मिसाउने र पहाडेबाट शासन सत्ता सञ्चालन गर्न खोजिएको भन्दै उनले त्यसमा आफूहरू सहमत हुन नसक्ने स्पष्ट गरे । वार्ताका लागि मात्र वार्ता गर्नुको औचित्य छैन भन्दै उनले सरकार वार्ता जारी राख्ने तर त्यसप्रति संवेदनशील हुन नसकेको टिप्पणी गरे ।
बैठकमा प्रधानमन्त्री कोइराला, नेका केन्द्रीय सदस्य एव बनमन्त्री महेश आचार्य, एमाओवादीका अध्यक्ष पुष्पकलम दाहाल, एमालेका तर्फबाट उपाध्यक्ष एवं उपप्रधानमन्त्री बामदेव गौतम, प्रमुख सचेतक अग्नि खरेल, मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका नेताहरूको सहभागिता रहेको थियो । बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली राप्रपा नेपालका अध्यक्ष कलम थापा लगायतका नेता भने सहभागी रहेनन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी