फेरी दुर्घटना, झापामा बस पल्टिदा १० घाइते

४ चैत्र २०७१, बुधबार १३:०४ मा प्रकाशित

झापा, चैत्र ४ । झापाको तोपगाछि सडक खण्डमा यात्रुवाहक बस पल्टिदा कम्तिमा १० यात्रु घाईते भएका छन ।

तोपगाछि ५ को चुलाचुली मोड नजिक पूर्वबाट पश्चिम जादै गरेको बस सडकबाट १५ मिटर तल खसेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीका अनुसार मे ६ प ८९०५ नम्बरको स्कुटीलाई जोगाउन खोज्दा अनियन्त्रित भएको ना ३ ख ९३६१ नम्बरको बस पल्टिएको हो ।

घाईते सवैको स्थानीयबासी र प्रहरीले उद्दार गरी उपचारका लागि दमकको लाइफलाईन अस्पताल लगिएको ईलाका प्रहरी कार्यालय दमकका प्रहरी प्रमुख रविन्द्र नाथ रेग्मी ले जानकारी दिए ।

सोमबार मात्रै जुम्लाको रिरिलिहीमा बस दुर्घटना हुदा १८ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

बेइजिङ् । रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ । युक्रेनमा जारी

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको

असारको पन्ध्र अर्थात् धान दिवस नेपालमा बुधबार औपचारिक रुपमा १९औँ धान दिवस मनाइदै छ । विश्वमा झन्डै चार अर्ब जनताको