नयाँ गभर्नरको सिफारिस हुदै, भुषाल सम्भावित

४ चैत्र २०७१, बुधबार ११:२३ मा प्रकाशित

काठमाडौं, चैत्र ४ । नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस गर्ने जिम्मा पाएको समितिले आज सम्भावित तीनजनाको नाम सिफारिस गर्दै छ ।

हालका गभर्नर युवराज खतिवडाको पाँच वर्षे कार्यकाल विहीबार सकिने भएकाले बुधबारै नयाँ गभर्नर सिफारिस गर्न लागिएको हो ।

नयाँ गभर्नरका लागि पूर्व अर्थसचिव युवराज भुसालको नाम बढी चर्चामा छ । प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार डा.चिरञ्जिवी नेपाल, अर्थविद डा. विश्वम्भर प्याकुरेल, पूर्वसचिव रामेश्वर खनाल, एनसीसी बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना, डेपुटी गभर्नरहरु गोपाल काफ्ले र महाप्रसाद अधिकारी पनि गभर्नरको आकांक्षी छन् ।

तर, नाताले कांग्रेस उपसभापति रामचन्द्र पौडेलका सम्धी पर्ने भुसाल नै नयाँ गभर्नर बन्ने सम्भावना बढी रहेको जानकारहरु बताउँछन् । पौडेलको राजनीतिक लबिङ र अर्थमन्त्री रामशरण महत पनि सकारात्मक देखिनुले भुसाल नै नयाँ गभर्नर बन्ने चर्चा छ ।

सरकारले नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस गर्न अर्थमन्त्री महतको संयोजकत्वमा पूर्व गभर्नर हिमालयन शम्शेर राणा र राष्ट्र बैंकका पूर्व सञ्चालक समिति सदस्य पार्थिवेश्वर तिमिल्सिना सदस्य रहेको समिति गठन गरेको थियो । राजनीतिक दवावको कारण समितिको बैठक निष्कर्शबिहीन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो