संविधानसभा सुचारु गर्न सभाध्यक्षको पहल

४ चैत्र २०७१, बुधबार १०:५२ मा प्रकाशित

काठमाडौं, ४ चैत । संविधानसभा अध्यक्ष सुबासचन्द्र नेम्वाङले संविधानसभाको बैठक तत्काल बोलाउनका लागि पहल थाल्नुभएको छ । दुईदिन प्रमुख दलका सचेतकहरुसँग छलफल गर्नुभएका नेम्वाङले आज शीर्ष नेताहरुसँग छलफल गर्दैहुनुहुन्छ । संविधानसभाको बैठक स्थगित भएर एक महिनाभन्दा बढी समय खेर गएकोमा असन्तुष्टि जनाउदै नेम्वाङले बैठक बोलाउने बारेमा छलफल गर्न लाग्नु भएको हो । बैठक दिउँसो १ बजे सिंहदरबारमा बोलाइएको छ ।

एक महिनादेखि स्थगित संविधानसभा कसरी अघि बढाउने भन्ने निर्णय लिन सभाध्यक्ष सुवास नेम्बाङले आज दलका शीर्ष नेताहरूको बैठक बोलाउनु भएको हो । नागरिक समाजका केही अगुवा र दलहरूको आग्रहमा संविधानसभा स्थगित गरिए पनि सहमतिबाट परिणाम ननिस्केपछि नेम्बाङले शीर्ष नेताहरूसँग बैठक गरेर कसरी अघि बढ्ने भन्ने निर्णय लिन खोजेका हुन् ।

मिति नतोकी आफूले अनिश्चितकालका लागि संविधानसभा स्थगित गर्नुको औचित्य दलहरूको पुष्टि गर्नुपर्ने नेम्बाङले बताउँदै आएका छन् । प्रश्नावली समिति गठनको निर्णयसँगै एमाओवादी गठबन्धनले संविधानसभा बैठक बहिष्कार गर्दै आएको छ ।

संविधानका विवादित विषयमा प्रश्नावली समितिले प्रतिवेदन पेस गरेपछि दलहरूबीच सहमतिका लागि माघ २९ देखि संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित हुँदै आएको छ । पछिल्लोपटक नागरिक समाजका अगुवा र दलहरूको सहमतिमा प्रक्रिया स्थगन गरी संविधानसभा अनिश्चितकालका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन