लौ हेर्नोस त !! :: बाबुलाल भण्डारी

४ चैत्र २०७१, बुधबार १०:४८ मा प्रकाशित

हामी कयौ पटक विरामी पछौँ र अक्सर आफै निको पनि हुन्छौँ । शरीरमा रोग वा संक्रमण ल्याउने किटाणु, विषाणु, जिवाणु वा ढुसी (प्याथोजेन वा एण्टिजेन)को उपस्थिती हुंदैदेखि शरिरको प्रतिरक्षा प्रणालीले तिनीहरुलाई वाह्यवस्तुको रुपमा पहिचान गरी नष्ट गर्न जुटीहाल्छ । यसको अर्थ हाम्रो शरीरमा रोग विरुद्ध लड्ने र स्वास्थ्य सुधार र पूनर्निर्माणमा आफ से आफ खट्ने एउटा अन्तर्निहित स्वचालित जैविक प्रणाली हुन्छ जसलाई डब्लु.वि.सि (लिम्फोसाइट) भनिन्छ । तर एकपटक क्यान्सर सुरु भएपछि जस्तो सुकै प्रतिरक्षा मजबुत शरीरमा पनि यि लिम्फोसाइटहरु किन निष्फल वा नाकाम बन्छन् र क्यान्सर निको हुनुको साटो एकोहोरो बढ्दै मात्र जान्छ ? यो आफैमा अत्यन्त विचारणीय प्रश्न हो ।
आफै निको हुदैन, किन ?
क्यान्सर सेललाई बाहिरबाट एउटा ग्लाइकोप्रोटिन भन्ने ग्लुकोज र प्रोटिनको संयुक्त खोलले ढाकेको हुन्छ जसलाई अघि अघि प्रोटिनको खोल (फाइव्रिन )भनेर बुझिन्थ्यो ।संयोगवशः रोगसंग लड्ने हाम्रो प्रतिरक्षा सेल (डब्लु.वि.सि.) र क्यान्सर सेलको आवरण दुबैमा निगेटिभ विद्युतिय चार्ज हुने हुंदा समान विद्युतिय धु्रव विचको विकर्षणले गर्दा प्रतिरक्षा तागतको क्यान्सर माथि दृष्टि पुग्न नसक्ने र क्यान्सर हमेसा यसको पहुँचबाट जोगिई अदृष्य भईरहने स्थिती बन्दछ । अर्थात तिनीहरुले हाम्रा सुरक्षा सेललाई कुसलताका साथ छल्न वा छकाउन सक्तछन् । बलियो सुरक्षा स्थिती भएको शरीरमा पनि क्यान्सर निरन्तर वृद्घि हुदैं जानुमा यही नै मुख्य कारण बन्दछ ।
इन्जाइम: श्रोत र कार्यप्रणाली
इन्जाइम भनेका जैविक क्याटलिष्ट हुन् र सरल भाषामा यिनिहरुको काम नै पचाउनु हो ।जब प्रोटिन र कार्बोहाइड्रेड पचाउने इन्जाइमहरुले वाहिरको खोललाई पगालेर पचाइदिन्छन् ,क्यान्सरका सेलहरु हाम्रो सुरक्षाको नजरमा उदाङ्गो भई तिनीहरु माथि शरीरले तत्काल धावा बोल्न थालिहाल्छ । प्याङ्क्रृयाटिक इन्जाइम मध्ये प्रोटिज पार्टले क्यान्सर सेलको बाहिरको प्रोटिन र अमाइलेज पार्टले ग्लुकोजलाई पगाली सकेपछि मात्रै क्यान्सरलाई शरीरले देख्न सक्ने र स्वास्थ्य चुनौति वा खतराको रुपमा पहिचान गरी यसको समाप्ति तर्फ सारा शक्ति केन्दि«त गर्दछ । पाश्चात्य जगतमा उपलब्ध सबै इन्जाइम संमिश्रित मेगाजाइम र वुबेनजाइम फोर्ट हाम्रो बजारमा नआइसकेकाले हाम्रो हकमा प्रोटिजको लागि मेवा (पपाइन) र भूइँकटहर (ब्रोमिलेन) तथा अमाइलेजका लागि अंकुरित जौँ वा उवाको कांचै अवस्थामा सेवन भरपर्दाे विकल्प बन्छ । प्रो.डा.वियर्डको समयमा आमासयको अम्ल र पाचन प्रक्रियाले नष्ट गर्ने बुझाइले ट्रिप्सिन सहितको इञ्जाइम फर्मूला सुइद्वारा क्यान्सर ट्यूमरमा सोझै आरोपित गर्ने गरेकोमा पछि पाचनकृया र आमासयको अम्लसंग स्थिर हुने देखिएपछि इञ्जाइमलाई खुराकबाट दिने चलन आएको हो ,यद्यपि खाना संगैको इञ्जाइम सेवन मूलतः पाचनकृयामा सहायक हुने र अरु समयको सेवन रोग र शरीरकोलागि उपयोगी हुने विशेषज्ञहरु बताउँछन् ।
निदान कसरी ?
शरीरमा क्यान्सर सेल पैदा भएको वा गर्भ रहेको तेश्रो दिनमै यसले प्रेग्नेन्सि हार्मोन एच्.सि.जि.बनाउन थाल्दछ र १२ देखि १४ दिनभित्रै पेसाब र रगतको प्रयोगशाला परिक्षणमा यस्तो एच्.सि.जि हर्माेनको मापन गर्न सकिन्छ ।६०को दशकमा विकसित नभारो परिक्षण र ७० को दशकमा आएको एन्थ्रोन टेष्ट दुबैले यस्तो हर्माेनको परिमाणात्मक मानको सहायताले गर्भावस्था वा क्यान्सरको उपस्थिती बारे ९२—९५% सटिक नतिजा देखाउन सक्तछन् ।रगत र पेसाबको एच्.सि.जि.पोजिटिभिटिले तपाइँ या त गर्भवती महिला हुनुपर्दछ या क्यान्सर रोगी महिला या पुरुष हुनुपर्छ भन्ने जनाउंछ ।यसरी बुझिन्छ, गर्भ बाहेकको एच्.सि.जि.,गंभिर चोट पटक नभए,जो कोहिमा पनि निसन्देह क्यान्सर नै हो । डा.हर्नन एसिभेडोको सन् १९९५को अध्ययन पछि आधुनिक विज्ञानको दुनिया र सबै मोलिक्यूलर बाइलोजिस्टहरुको विचमा माथि भनिए जस्तै गर्भावस्था जनाउने हर्माेन सबै प्रकारका क्यान्सरमा अभिव्यक्त हुंदोरहेछ भन्ने मान्यता वनेको छ र डा. जोन वियर्डले सवासय वर्ष अघि प्रतिपादन गरेको सिध्दान्तको आधिकाधिक प्रमाणीकरण भई यसको सान्दर्भिकता अरु बढ्न गएको छ ।सामान्यतः क्यान्सर जति बढि आक्रामक हुन्छ यस्ले निष्काशन गर्ने एच्.सि.जिको तह पनि त्यही अनुपातमा उच्च पाइन्छ ।गर्भको अवस्थामा प्राय: ५६औं दिन पछि ह्रासोन्मुख हुने एच्.सि.जि. रिडिङ क्यान्सरको अवस्थामा भने निरन्तर वृद्धि तर्फ प्रवृत्त हुन्छ । खासगरी क्यान्सरले निश्चित आकार ग्रहण गर्नु वा लक्षण देखाउनु अघिबाटै सस्तो र सजिलो एच्.सि.जि परिक्षणले देखाउने नतिजा क्यान्सरको सिघ्रातिसिघ्र पहिचान , निदान र उपचारको सन्दर्भमा हाम्रो लागि ज्यादै ठूलो महत्व राख्दछ ।
स्टेम सेल: मुख्य दोषी वा कारणी
हामी गर्भमै हुंदै देखिका भ्रुण सेलहरु हामी प्रौढ र वृध्दावस्था हुंदा सम्म पनि हाम्रो शरीरभरी यत्रतत्र छरिएर रहेका हुन्छन् । भ्रुण विकासका अवशेष भन्न मिल्ने यस्ता सेलहरुलाई डा.वियर्डले जर्मसेल भनेका थिए ,आजभोलि स्टेमसेल भनेर चिनिन्छ । यिनीहरुमा आवश्यकता बमोजिम छाला,हाड, नसा ,रगत ,मांशपेशी वा अरु कुनैपनि अङ्गलाई चाहिने सेल निर्माणको चमत्कारिक क्षमता हुन्छ र नेपथ्यमा रहेर यिनीहरुले रुग्ण,मृत्यु वा नष्टभएका सेलको ठाउँमा त्यस्तै नयाँसेल पठाई मस्तिष्क वाहेक प्राय ः सबै अङ्गलाई सुचारु र यथास्थितीमा राख्दछन् ।अझ शरीरमा गंभिर घाउ ,चोटपटकको अवस्थामा छिटो छिटो ट्रोफोब्लास्ट सेल बनाएर तन्तु निर्माण र घाउ पुर्ने मात्र नभएर शल्यकृयाद्वारा बाँकी रहेको एउटै मिर्गाैलालाई दोब्बर काम गर्न सक्ने गरी ठूलो आकारमा ल्याउनु, शल्यकृयाद्वारा २० भाग मात्रै बांकी रहेको कलेजो खण्डलाई छिट्टै साविकको आकारमा पु¥याउने जस्ता आकश्मिक संकटकालिन काम स्टेमसेलकै जिम्मेवारी भित्र पर्दछन् ।स्टेमसेलको यस्तो सुखद पाटोको अर्काे डरलाग्दो पक्ष पनि छ ।साधारणतयाः स्थिर र शान्त रहने यिनै स्टेमसेलहरु विभिन्न कारकतत्वले गर्दा आक्कल झुक्कल सकृय बनेर अनावश्यक रुपमा ट्रोफोब्लास्ट सेल निर्माण गर्नथाल्ने अवस्थालाई नै हामी क्यान्सर भन्दछौ । तसर्थ क्यान्सर भनेको गलत समय र गलत ठाँउमा सक्रिय बनेको प्रेग्नेन्सि उर्फ जर्मसेल उर्फ स्टेम सेल वाहेक अरु होइन ।ट्रोफोब्लास्ट सेल बनाउन यिनै कुठाउँमा परेका भ्रुणसेल जिम्मवार छन् ,खासगरी जब यिनीहरु अनावश्यक रुपान्तरण र पूनरुत्पादन तर्फ अघि बढ्छन् ।डाइजेस्टिभ इन्जाइमको दायीत्व पनि यस्ता सेलहरु गैह्जिम्मेवार ढङ्गले वृध्दी हुन थाल्दै देखि पचाएर सिध्याउनु हो । अब फेरी स्मरण गरौँ –प्रोटिन पचाउने पपाइन मेवामा, व्रोमिलेन भुंइकटहरमा र त्यसैगरी ग्लुकोज पचाउने अमाइलेज टुसाएको जौं, उवा वा गहुँमा भरपुर पाउन सकिन्छ भने काँचै खाइने सलादहरु पनि विभिन्न इञ्जाइमका श्रोत मानिन्छन् । याद रहनुपर्ने एउटै कुरो हो, पकाई सके पछि भने कुनै पनि खाद्यवस्तुमा इञ्जाइम बच्ने अवस्था रहन्न, समाप्त हुन्छ ।
तर फेरी पनि ठूलो ट्यूमर र धेरै ठाँउमा जेलिइसकेको कठीन अवस्थामा इन्जाइम थेरापीले ट्यूमर व्रेकडाउनको विषादि एकैपटक रगतमा थुप्रिन आइपुग्दा शरीरले यसलाई तहलगाउन र सुरक्षापूर्वक निस्काषन गरी निर्मलीकरण गर्न नसकी अतिविषादी (हाइपर टोक्सेमिया)का दूस्प्रभाव आउन सक्तछन् । यस्तोमा क्यान्सरले भन्दा पहिले विषादीले विरामीको ज्यान लिने खतरा रहन्छ । तसर्थ अनुभवी चिकित्सकको निगरानीमा रहेर दिनको २ पटक कफी एनिमासंगै निर्मलीकरणका अरु कारगर तरकिव अपनाउन अनिवार्य रहेको बताइन्छ ।
यो आलेख सूचना सम्प्रेणको लागि मात्र भएकोले मेडिको –लिगल प्रयोजनको लागि आधार बन्न सक्ने छैन । धन्यबाद ।।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका

वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ । दुवै चिकित्सकले आफ्नो

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद