अनेरास्ववियुका नेतामाथि गोली प्रहार

२६ जेष्ठ २०६९, शुक्रबार ०९:४६ मा प्रकाशित

काठमाडौ, २६ जेठ / सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या भएको सातादिन भन्दा बढि बितिसक्दा पनि हत्याराको सुराकसम्म नपाएर प्रहरी रन्थनिइरहेको अवस्थामा राजधानीको सोह्रखुट्टेमा अहिले बिहान अर्को गोली काण्ड भएको छ । अपरिचित व्यक्तिहरुद्वारा कैलाली धनगढीका वसन्त शाहीमाथि गोली प्रहार भएको छ । अस्कल क्याम्पसमा अध्ययनरत शाही इकाइ कमिटीका उपाध्यक्ष हुन् । दुई वटा गोली लागेका शाही गम्भीर घाइते छन् । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अनेरास्ववियुभित्रकै सङ्गठनात्मक विवादका कारण गोलीकाण्ड घट्न पुगेको प्रहरीले प्रारम्भीक अनुसन्धानपछि जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै

कोरोना सङ्क्रमणबाट दंगीशरण गाउँपालिका वडा नं ३ का वडाध्यक्ष पूर्णबहादुर चौधरीको ६३ वर्षका उमेरमा निधन भएको छ । नेपालगञ्जस्थित कोहलपुर