उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डे पक्राउ

३ चैत्र २०७१, मंगलवार २२:०५ मा प्रकाशित

काठमाडौँ, ३ चैत । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।अदालतको आदेशमा पक्राउ परेका पाण्डेलाई महाराजगञ्ज स्थित प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोमा राखिएको छ । थुनामा राखिएका पाण्डेलाई भोलि जिल्ला अदालतमा उपस्थित गराईने अदालत स्रोतले जानकारी दिएको छ । सर्वोच्च अदालतले उनलाई पक्राउ नगर्न यसअघि दिएको अन्तरिम आदेश बदर गरे लगत्तै प्रहरी र अदालतका कर्मचारीको टोलीले पाण्डेलाई उनकै निवासबाट पक्राउ गरेको हो। पाण्डेले पञ्चायतकालमा भ्रष्टाचार मुद्दामा पाएको कैद मिनाहा भैसकेको दावि गर्दै उनले आफूलाई पक्राउ गर्नबाट रोक लगाउन आदेशको माग सहित रिट दिएका थिए । उनलाई तत्काल पक्राउ गर्न नपर्ने भनि यस अघि सर्वोच्चले दिएको आदेशलाई कायममुकायम प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र ओमप्रकाश मिश्रको संयुक्त इजलासले बदर गरेको हो । पुनरावेदन अदालतले २०३९ सालमा उनलाई भ्रष्टाचार मुद्दामा जरिवाना र कैद सजाय सुनाएको थियो। उनले कैद भुक्तान गर्न अझै १ वर्ष ९ महिना २७ दिन बाँकी रहेको भन्दै जिल्ला अदालत काठमाडौँमा मुद्दा परेको थियो । जिल्ला न्यायाधीश अच्युत विष्टको इजलासले २०७१ साल असार २७ गते, पाण्डेले कैद भुक्तान गर्न बाँकी रहेको भन्दै फैसला कार्यान्वयन गर्न सक्ने गरि आदेश गरेको थियो । तर पाण्डेले आफुले राजा विरेन्द्रको हुकुम प्रमाङगीबाट २०४२ सालमै जरिवाना र कैद मिनाहा पाएको जिकिर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । जरिवाना र कैद मिनाहा गर्न आफुले तत्कालिन राजा समक्ष चढाएको विन्तीपत्र र मिनाहाको रेकर्ड जिल्ला अदालतमा भएको उनले दावी गरेका थिए ।
सर्वोच्चले भने, उनले दावी अनुसार प्रमाण पुराउन नसकेको उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले