विश्वकप छनौटका लागि नेपाल आज भारतसँग भीड्दै

३ चैत्र २०७१, मंगलवार १०:२० मा प्रकाशित

काठमाडौ, ३ चैत । सन् २०१८ को विश्वकप फुटबलको प्रारम्भिक छनोटको मंगलबारको खेलमा नेपालको अग्नी परीक्षा हुदैछ । भारतको गुवाहटीमा भएको खेलमा भारतसँग २-० ले पराजित भएको नेपालले मंगलवारको खेल कम्ती ३-० को अन्तरले जित्नुपर्नेछ ।
पहिलो लेगको खेल भारतको गुवाहटीमा भएको थियो भने दोस्रो लेगको खेल काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । यसअघि भारतसँग भएको १६ खेलमा नेपालले ३ खेलमा मात्रै जित हासिल गरेको छ ।
भारतसँग हुन लागेको विश्वकप छनोटको महत्वपूर्ण खेल आयोजनाको तयारी सवै पूरा भएको अखिल नेपाल फुटवल संघ एन्फाले सोमवार नै पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।
दिउँसो ३ बजेदेखि सुरु हुने उक्त खेल दर्शकका लागि दुई प्याराफिटको छुट्टाछुट्टै टिकट ब्यवस्था गरिएको छ । भीआई प्याराफिटका लागि १५ सय रुपैयाँ र साधारण प्याराफिटको लागि ७ सय रुपैयाँको टिकट ब्यवस्था गरिएको एन्फाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान