विपक्षीको आन्दोलनप्रति सत्तारुढ दलको आपत्ति

३ चैत्र २०७१, मंगलवार १०:११ मा प्रकाशित

काठमाण्डौ, ३ चैत्र । प्रमुख सत्तारुढ दलहरु कांग्रेस र एमालेले विपक्षी मोर्चाको आन्दोलन घोषणाप्रति आपत्ति जनाउदै यसले संविधान निर्माणको वातावरण विथोल्ने बताएका छन् ।
वार्ता र संवादको प्रक्रिया चलिरहेका बेला त्यसलाई लत्याउदै आम हड्ताल समेतका कार्यक्रम अघि सार्नुले उनीहरु संविधान निर्माणमा इमानदार नभएको विष्लेषण सत्तारुढ दलको छ ।
अब संविधानसभाबाट संविधान निर्माण्ाँको प्रक्रिया तत्कालै अघि बढाइहाल्नुपर्ने अडान उनीहरुको छ ।
संविधानसभा स्थगित रहेकै अवस्थामा सवादको प्रक्रियालाई निरन्तरता दिनुको साटो विपक्षी मोर्चाले आन्दोलन घोषणा गरेर स्थिती असहज बनाएको काग्रेस उपसभापति रामचन्द्र पौडेलले क्यापिटल एफ एमलाई बताउनुभयो ।
यस्तै एमाले उपाध्यक्ष भिम रावलले पनि सहमतिबाटै संविधान निर्माणका लागि वातावरण बनाउन वार्ता चलिरखेका बेला आन्दोलनमा जानु आश्चर्यजनक भएको बताउनभयो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास

काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले भेटवार्तालाई तीव्र पारेका छन् । बिहीबार बामदेव गौतमसँगको भेटवार्तापछि

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न