दश लाख नेपाली कामदारसँग अझै ‘मेसिन रिडेबल पासपोर्ट’ छैन

३ चैत्र २०७१, मंगलवार १०:०२ मा प्रकाशित

काठमाण्डौ, ३ चैत्र । हस्तलिखित पासपोर्ट प्रयोग गर्न नपाइने ‘डेडलाइन’ साढे आठ महिना बाँकी रहेकै अवस्थामा वैदेशिक रोजगारीमा रहेका झन्डै १० लाख नेपालीले ‘मेसिन रिडेबल पासपोर्ट’ (एमआरपी) बनाएका छैनन् ।
नेपाली कामदार संख्या बढिरहेका चार मुलुकमा टोली पठाएरै हस्तलिखित पासपोर्ट ‘रिप्रेस’का लागि राहदानी विभागले परराष्ट्र मन्त्रालयलाई आग्रह गरिसकेको छ । विदेशस्थित दूतावासले पनि टोली नपठाए समयमै काम नसकिने जानकारी गराइरहेको छ ।
हाल, कतारमा मात्रै त्यहीबाट एमआरपी बनाउने सेवा दिइरहेको अवस्था छ । मलेसिया, साउदी अबर र संयुत्त अरब इमिरेट्स (यूएई) मा भने विभिन्न कारण सेवा सुरु हुन सकेको छैन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को नियमअनुसार २४ नोभेम्बर २०१५ पछि हस्तलिखित राहदानीले विदेश यात्रा गर्न पाइँदैन ।
गत शुक्रबार सम्ममा नेपालभर ३१ लाख ६ हजार चार सय ३४ एमआरपी बनिसकेको राहदानी विभागले जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई