अम्बर गुरुङ अस्पतालबाट डिस्चार्ज हुनुभयो

३ चैत्र २०७१, मंगलवार ०९:५३ मा प्रकाशित

काठमाण्डौ चैत्र ३ । राजधानीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारकालागि भर्ना हुनुभएका राष्ट्र गानका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङ आज स्वास्थ्यलाभ गरी घर फर्कनु भएको छ ।

फाल्गुण ७ गते बिहिवार घरमा अचानक लडेर अचेत हुनुभपछि गुरुङलार्इ उपचारका धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुर्याइएको थियो ।
२७ दिनको अस्पताल बसाई र उपचारपछि स्वास्थ्यलाभ गरी गुरुङ आज घर फर्कनु भएको हो ।
केही बर्षयता पार्किन्सन्स र मधुमेह बाट पीडित गुरुङ अचानक अचेत भएर लड्नु भएपछि उहाँको टाउको र हातमा चोट लागेको थियो ।
उहाँको उपचारमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डे, बरिष्ठ न्यूरो फिजिसियन डाक्टर राजु पौडेल र बरिष्ठ न्यूरो सर्जन डाक्टर अमित थापा, स्पिच थेरापिष्ट धर्म डंगोल, फिजियो थेरापिष्ट राजेश श्रेष्ठ लगायतको टोली संलग्न रहेको थियो ।
सयौं लोकप्रिय गितहरुमा संगित र स्वर भर्नुभएका ७८ बर्षिय गुरुङले व्याकुल माइलाद्वारा लिपिवद्ध नयाँ नेपाली राष्ट्र गानमा समेत संगित दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । देउवाले आज (मंगलबार) दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक

रामेछाप । रामेछाप जिल्लाको सुनापती गाउँपालिकास्थित सादिडाँडाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस लुभु भीरमा दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु

रामेछाप । रामेछापको सुनापातीमा यात्रु बाहक बस लुभुखोलामा दुर्घटनामा परेको छ ।  दुर्घटनामा  कम्तिमा ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उद्धारकार्य जारी रहेकाले

काठमाडौं।उपत्यकाको सुरक्षा केन्द्र सरकार मातहत राख्ने विषयमा दलहरू विभाजित भएका छन् । सिंहदरवारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षा सोमबार भएको