चीनमा मानवअधिकार हनन् बढ्दो

३ चैत्र २०७१, मंगलवार ०१:०९ मा प्रकाशित

बेइजिङ, २ चैत । चीन सरकारले सन् २०१४ मा करिब एक हजार जना मानवअधिकारवादी पक्राउ गरेको र ती मध्ये अधिकांशलाई थुनामा राखेको छ । चिनियाँ मानवअधिकारवादी संस्थाहरुले वर्तमान राष्ट्रपति सि जिनपिङको कार्यकाल सुरु भएपछि ती मानवअधिकार रक्षकहरुलाई थुनामा राखेको जानकारी दिएका छन् ।

साथै उनीहरुले यो अवस्थालाई सन् १९९० को दशकपछि पहिलो पटक यतिधेरै मानवअधिकार हनन् भएको घटनाका रुपमा पनि लिएका छन् । चीनको एक मानवअधिकार वकालत समूहले सन् १९९० पछिको दशकमा राष्ट्रपति जिनपिङको कार्यकालमा सबैभन्दा धेरै मानवअधिकार हनन् भएको बताएको छ ।

चिनियाँ मानवअधिकार डिफेन्डर्स नाम मानवअधिकारवादी संस्थाले दिएको जानकारीअनुसार चीनमा विगतका वर्षहरुभन्दा यसवर्ष बढी मात्रामा अधिकारवादी पक्राउ परेका हुन् ।वर्तमान राष्ट्रपतिको कार्यकालमा सरकारी अधिकारीरुले मानवअधिकारको हनन् झनबढी मात्रामा गरेको उनीहरुको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी तथा भ्रष्टाचार विरोधी विपक्षी नेता एलेक्सी नाभाल्नीलाई अज्ञात ठाउँमा लगिएको छ । उनलाई

एजेन्सी । टर्कीको एक अदालतले दुई जना पाइलट र एक निजी विमान सञ्चालकलाई जेल चलान गरेको छ । सन् २०१९

म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई जनाको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले