अविलम्ब वार्ता र सम्वादको वातावरण बन्नुपर्छ: नेम्वाङ

३ चैत्र २०७१, मंगलवार ०१:०७ मा प्रकाशित

काठमाडौँ, २ चैत । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले दलहरूबीच अविलम्ब वार्ताको वातावरण बन्नुपर्ने बताउनुभएको छ ।

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको संयोजनमा आज आयोजित संसद र नागरिक प्रशासन अधिकारीहरूका लागि हातेपुस्तक सार्वजनिक समारोहमा उहाँले संविधानसभाबाट संविधान बन्नुको विकल्प नभएका कारण त्यसलाई निष्कर्षमा पु¥याउन दलहरू जिम्मेवार बन्नुपर्ने धारणा राख्नु भयो ।

दलहरूबीच सहमति होस् भनेर संविधानसभाको प्रक्रिया अनिश्चित समयका लागि स्थगित भएको चर्चा गर्दै उहाँले दलहरूबीच सहमति नभइ आन्दोलनको कार्यक्रम घोषणा भएको कुराले आँफूलाई दुःखित बनाएको बताउनुभयो ।

उहाँले मानवीय कानुनको सम्बन्धमा सम्बद्ध अधिकारीहरूलाई जागरुक बनाउन सार्वजनिक हाते पुस्तक उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्यले मानवीय कानुनको संरक्षण सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यसलाई व्यवस्थित गराउने कुरामा सरकार सँधै दृढ भएर लागेको बताउनुभयो ।

नेपालमा १० वर्षभन्दा लामो द्वन्द्वका घाउ मेटाउन संसदबाट सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानविन आयोग गठन भई त्यसले कामको थालनी गरिसकेको उहाँले जानकारी गराउनुभयो ।

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सचिव भेषराज शर्माले मानवीय कानुनका सम्बन्धमा जागरुकता आवश्यक भएको उल्लेख गर्दै सार्वजनिक हातेपुस्तकले यस सम्बन्धमा जानकारी गराउँदै सरोकारवाला निकायलाई जिम्मेवार बनाउन सहयोग पु¥याउने बताउनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला सुरु भएको छ । केही बेरअघि बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन् । थाइल्याण्डको थाई स्माइल

काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ