यसवर्ष पर्यटकको सङ्ख्यामा वृद्धि हुने

२ चैत्र २०७१, सोमबार १८:५७ मा प्रकाशित

काठमाडौँ, चैत २ । सन् २०१४ को तुलनामा यस वर्ष नेपाल आउने पर्यटकको सङ्ख्यामा केही वृद्धि हुने भएको छ । नेपालमा नयाँ जहाज थपिनु र नेपालबाट भारतको नयाँ दिल्ली तथा बनारसका लागि नयाँ बस थपिएसँगै नेपालमा पर्यटकको आगमनमा वृद्धि हुने नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बराल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपाल सुन्दर पर्यटकीय क्षेत्र भएको र देशदेशबीचको सम्बन्ध एकआपसमा बढ्दै गएकाले पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा १२ देखि १५ प्रतिशतमा बढ्छ ।” केही समय पहिले टर्किस एअरलाइन्सको विमान दुर्घटनाका कारण नेपालको पर्यटन क्षेत्रमा केही असर परेता पनि नेपाललाई माया गर्ने पर्यटक जुनसुकै बेलामा पनि देशमा भित्रने बरालले बताउनुभयो । नेपालको पर्यटकीय क्षेत्र राजनीतिमा भरपर्ने भन्दै संविधान बने देशको पर्यटकीय क्षेत्र अगाडि बढ्ने पनि उहाँले बताउनुभयो । गतबर्ष सन् २०१४ मा नेपालमा आठ लाख तीन हजार पर्यटक नेपाल भित्रिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय सभाकी सांसद कोमल वलीले विघटित नेकपा नेता रघुजी पन्त विरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेकी छन ।

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

काठमाडौं । स्वदेशी उत्पादनलाई बढावा दिँदै आर्थिक समृद्धिको मार्गमा अगाडि बढ्ने लक्ष्यका साथ नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल स्वदेशी

दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन्