संवैधानिक निकायका पदाधिकारीको सुनुवाई चैत ४ गतेदेखि

२ चैत्र २०७१, सोमबार १८:३० मा प्रकाशित

काठमाण्डौ चैत्र २ । सरकारले हालै दुई संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेका पदाधिकारीको सुनुवाई चैत ४ गतेदेखि हुने भएको छ ।

व्यवस्थापिका–संसदअन्तर्गतको संसदीय सुनवाई विशेष समितिको आज बसेको बैठकले लोकसेवा आयोगमा सिफारिस गरिएका अध्यक्ष र सदस्यविरुद्ध उजुरीको सुनवाई यही चैत ४ गते गर्ने निर्णय गरेको छ ।

त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तहरुविरुद्ध परेका उजुरीको सुनवाई चैत ८ गते गर्ने निर्णय भएको समितिका सभापति कुलबहादुर गुरुङले बताउनुभयो ।

सरकारले केही दिनअघि लोकसेवा आयोगको अध्यक्षमा उमेशप्रसाद मैनाली र सदस्यमा बिन्दा हाडा, गोविन्दप्रसाद कुसुम, श्रीपुरुष ढकाल, अशोककुमार झा, ब्रम्हदेव राय, कृष्णचन्द्र झालाई नियुक्तिका लागि सिफारिस गरेको थियो भने आयोगका आयुक्तमा दीप बस्न्यात, नवीनकुमार घिमिरे, गणेशराज जोशी, राजनारायण पाठक र डा सावित्री गुरुङलाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाल सरकारले महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेकका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा

काठमाडौं- विसं १९९० माघ २ गते दिउँसो २:२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी आज २४औँ