रुनीको च्याम्पियन्स लिग ड्रिम सेलिब्रेसन

२ चैत्र २०७१, सोमबार ११:५० मा प्रकाशित

एजेन्सी, चैत्र २ । टोटनह्यामलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ ।
एफए कपको क्वार्टरफाइनलमा आर्सनलसँग पराजित भएपछि युनाइटेडका प्रशिक्षक लुइस भान हालसँग र्को सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन विकल्प मात्र बाँकी थियो ।
आइतबार राति भएको खेलमा टोटनह्यामलाई ३–० ले पराजित गर्दै युनाइटेडले त्यसको प्ररम्भ गरेको छ ।
घरेलु मैदान वर्ल्ड ट्राफर्डमा भएको खेलमा युनाइटेडले नवौं मिनेटमा फेलिनीको गोलबाट अग्रता लिएको थियो । १९ औं मिनेटमा क्यारिकले अग्रता दोब्बर पारे ।
३४ औं मिनेटमा कप्तान वायन रुनीले गोल गरे । उनले गोल सेलिब्रेसन पनि नौलो थियो । गोल गरेपछि समर्थकहरुका अगाडि आएर बक्सरले जस्तो बक्सिङ हानेका रुनी मैदानमै ढले ।
उनले निदाए झै गरेर मैदानमा ढलेर च्याम्पियन्स लिग ड्रिम सुरु भयो भन्ने संकेत गरेका हुन् ।
टीममेट साथीहरु दौडिएर आएपछि उनी फिस्स हाँसे ।
पहिलो हाफमा ३ गोलले अगाडि रहेको म्यानचेष्टर युनाइटेडले दोस्रो हाफमा थप गोल गर्न सकेन भने टोटनह्यामलाई गर्न पनि दिएन ।
जितपछि युनाइटेड २९ खेलबाट ५६ अंकका साथ चौथो स्थानमा छ । लिग लिडर चेल्सीको ६४ अंक छ र उसले एक खेल कम खेलेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५८ र तेस्रो स्थानको आर्सनलको ५७ अंक छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप

काठमाडौं । खेलाडीमा कोरोना भाइरसकाे आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ । प्रधानमन्त्री (पीएम)

काठमाडौं । मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित

काठमाडौं । सातदोबाटो यूथ क्लबसँग अप्रत्याशित २-१ ले स्तब्ध भएसँगै मनाङ मर्स्याङ्दी क्लबको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानमा