बाग्लुङ् उपनिर्वाचनमा उम्मेदवारी दर्ता

२ चैत्र २०७१, सोमबार ११:१८ मा प्रकाशित

काठमाण्डौ चैत्र २ । बाग्लुङ क्षेत्र नम्बर १ मा चैत्र २८ गते निर्वाचन आयोगले गराउन लागेको उपनिर्वाचनमा विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । बाग्लुङमा क्रियाशिल रहेका दलहरुले हिजो मूख्य निर्वाचन अधिकृतको कार्यालय पुगी पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन । उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसका तर्फबाट चम्पादेवी खड्का, नेकपा एमालेको तर्फबाट मना केसी, एकीकृत माओवादीबाट कृष्ण केसी र राष्ट्रिय जनमोर्चाबाट नेत्रबहादुर बुढाथोकी छन् । चम्पा खड्का कांग्रेसका तर्फबाट गत संविधानसभा निर्वाचनमा निर्वाचित भई सडक दुर्घटनामा परी निधन भएका सभासद हरिबहादुर खडकाकी धर्मपत्नी हुन । यस्तै ५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । संविधानसभा निर्वाचनबाट विजयी सभासद हरिबहादुर खड्काको सवारी दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन गर्न लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले