राजधानीमा माओवादीले संयुक्त कार्यक्रम गर्दै

२ चैत्र २०७१, सोमबार ११:११ मा प्रकाशित

काठमाण्डौ चैत्र २ । एमाओवादी र नेकपा–माओवादीले आज राजधानीमा संयुत्त कार्यक्रमको आयोजना गरेका छन । ‘माओवादी आन्दोलन पुर्नगठन अभियान’ नाम दिइएको कार्यक्रममा एमाओवादी र नेकपा–माओवादीका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने छन ।
कार्यक्रम दिउसो १ बजे कमलादी स्थित प्रज्ञा भवनमा हुने छ । कार्यक्रम मार्फत आगामी कार्यदिशा र आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने एमाओवादीका नेता अग्नी सापकोटाले जानकारी दिनुभयो ।
विभाजनको साढे तिन बर्ष पुग्न लाग्दा दुई माओवादीले एकतालागि उच्चस्तरीय वार्ता टोली समेत बनाइसकेका छन । द्धन्दकालको मुद्धाको विषयलाई लिएर दुई माओवादीले एकताको तयारी गरेका हुन ।
दुई माओवादीबीच जनवादी क्रान्ति सम्बन्धि विषयमा भने एकमत हुन सकेको छैन ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन