विपक्षीको आन्दोलनप्रति सत्तारुढ दलको आपत्ति

२ चैत्र २०७१, सोमबार ११:०६ मा प्रकाशित

काठमाण्डौ चैत्र २ । प्रमुख सत्तारुढ दलहरु कांग्रेस र एमालेले विपक्षी मोर्चाको आन्दोलन घोषणाप्रति आपत्ति जनाउदै यसले संविधान निर्माणको वातावरण विथोल्ने बताएका छन् ।
वार्ता र संवादको प्रक्रिया चलिरहेका बेला त्यसलाई लत्याउदै आम हड्ताल समेतका कार्यक्रम अघि सार्नुले उनीहरु संविधान निर्माणमा इमानदार नभएको विष्लेशण सत्तारुढ दलको छ ।
अब संविधानसभाबाट संविधान निर्माण्ाँको प्रक्रिया तत्कालै अघि बढाइहाल्नुपर्ने अडान उनीहरुको छ ।
संविधानसभा स्थगित रहेकै अवस्थामा सवादको प्रक्रियालाई निरन्तरता दिनुको साटो विपक्षी मोर्चाले आन्दोलन घोषणा गरेर स्थिती असहज बनाएको काग्रेस उपसभापति रामचन्द्र पौडेलले क्यापिटल एफ एमलाई बताउनुभयो ।
यस्तै एमाले उपाध्यक्ष भिम रावलले पनि सहमतिबाटै संविधान निर्माणका लागि वातावरण बनाउन वार्ता चलिरखेका बेला आन्दोलनमा जानु आश्चर्यजनक भएको बताउनभयो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।

काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा

काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा