नेपाल राष्ट्र बैंकको १६ औं गभर्नरमा सम्भावित तीन नाम सिफारिश

२ चैत्र २०७१, सोमबार ०८:०३ मा प्रकाशित

काठमाडौँ, २ चैत । अर्थमन्त्री रामशरण महत संयोजक रहेको समितिले नेपाल राष्ट्र बैंकको रिक्त हुन लागेको गभर्नरको पदका लागि सम्भावित तीन नाम सिफारिश गरेको छ । समितिले नेपाल राष्ट्र बैंकको १६ औं गभर्नर पदका लागि पूर्व अर्थ सचिब युबराज भुषाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार चिरिन्जीबी नेपाल र राष्ट्र बैंकका डेपुटी गभर्नर गोपाल प्रशाद काफ्लेको नाम सिफारिश गरेको हो । यस अघि सरकारले अर्थमन्त्री रामशरण महत संयोजक रहेको ३ सदस्यीय समिति बनाएको थियो । समितिमा नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणा र राष्ट्र बैंकको सञ्चालक समितिका पूर्वसदस्य पार्थिवेश्वर तिमिल्सेना रहेका थिए । नेपाल राष्ट्र बैंकका गभर्नर युवराज खतिवडाको कार्यकाल आगामी चैत ५ गते सकिँदै छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार चिरिन्जीबी नेपाल अर्थमन्त्री र प्रधानमन्त्री दुबैको निकट रहेर काम गरेका नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रिय सदश्य हुन् भने पूर्व अर्थ सचिब युबराज भुषाल काँग्रेस उपसभापती रामचन्द्र पौडेलका नाताले सम्धी हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार यसै साता चिरिन्जीबी नेपाल र युबराज भुषाल मध्ये एक नेपाल राष्ट्र बैंकको १६ औं गभर्नरमा नियक्ति हुने छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

गुल्लरिया । बर्दियाको बाँसगढी नगरपालिकामा एकै दिन चार बालिका बलात्कारको शिकार भएका छन् । १४ वर्षीय एक किशोरले एकै दिन