पूर्व नेपाल सुन्दरी नायिका झरना भारतीय मूलका मलेसियन व्यापारीसँग विवाह बन्धनमा

२ चैत्र २०७१, सोमबार ०७:३६ मा प्रकाशित

काठमाडौँ, २ चैत । पूर्व नेपाल सुन्दरी नायिका तथा मोडल झरना बज्राचार्यले भारतीय मूलका मलेसियिन व्यापारी राहुल अग्रवालसँग बिबाह गरेकी छन् । बिहीबार राजधानीको सितापाइलास्थित उनकै निवासमा आयोजित बैबाहिक समारोहमा झरना बज्राचार्यले भारतीय मुलका अग्रवालसँग लगनगाँठो कसेकी हुन् । मलेसियामा रेष्टुरेन्ट व्यवसाय गर्ने भारतीय मूलका अग्रवाल मलेसियाको राजधानी क्वालालम्पुरमा बस्दै आएका छन् ।

Jharana-Bajracharya-Weddingविगत साढे तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका बज्राचार्य र अग्रवालबीच फिल्मको सूटिङका क्रममा भेट भएको थियो । बिहेको एकदिन पछि शुक्रबार ३४ वर्ष पुगेकी झरनाको जोडी मुस्ताङको जोमसोममा हनिमून मनाउँदै छन् । विगत साढे तीन वर्ष अघि अग्रवालसंग प्रेम सम्बन्ध स्थापित भए देखिनै झरना मलेसिया र काठमाडौं आउने जाने गर्दै आएकी थिइन् । यस अघि बेलायती नागरिकसंगको प्रेम सम्बन्ध असफल भए पछि बेलायत छोडेर नेपाल बस्दै आएकी झरनाको अभिनय यात्रा निष्क्रिय जस्तै रहेको थियो ।
तस्बिर सौजन्य: लेक्स लिम्बु

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव