विश्वकप क्रिकेट : आयरल्याण्डले दियो पाकिस्तानलाई २३८ रनको लक्ष्य

१ चैत्र २०७१, आईतवार २१:४८ मा प्रकाशित

काठमाडौं, १ चैत । क्वाटर फाइनल प्रवेशको सम्भावनालाई कायम राख्न गर या मर को स्थितिमा रहेको खेलमा आयर ल्याण्ड ले पाकिस्तानलाई २३८ रनको लक्ष्य प्रस्तुत गरेको छ |

टस जितेर पहिले ब्याटिंग गरेको आयरल्याण्डले ४९.५ ओभरमा सबै विकेट गुमाउदै २३७ बनाएपछि पाकिस्तानले २३८ मध्यम स्कोरको लक्ष्य पाएको हो | आयरल्याण्डको लागि कप्तान पोर्टरफिल्डले शतकीय पारी खेले | १३१ बलको सामना गरेका पोर्टरफिल्डले ११ चौका र १ छक्काको मद्दतले १०७ रन बनाए भने, विल्सनले २९ रन दिनु बाहेक अन्यले उल्लेखनिय प्रदर्शन गर्न सकेनन |

पाकिस्तानको लागि वाहब रियाजले ३ विकेट लिए भने, सोहिल खान, र राहत अलिले समान २ -२ विकेट बाँडे | त्यस्तै ईसन अदिल, र ह्यारिस सोहीलले समान १-१ विकेट लिए | पाकिस्तानले केहि वेरमा जवाफी ब्याटिंग गर्नेछ |

विश्वकप क्रिकेट अन्तर्गत समुह बी कै अर्को खेलमा अहिले पाकिस्तानले आयरल्याण्डको सामना गरिरहेको छ । अष्ट्रेलियाको एड्लेडमा जारी खेलमा टस जितेको आयरल्याण्डले पहिले व्याटिङ गरिरहेको छ ।

यो समूहबाट भारत र दक्षिण अफ्रिका अन्तिम आठमा पुगिसकेको अवस्थामा बाँकी दुई टिमको छिनोफानो यिनै दुई खेलबाट हुँदैछ ।पाकिस्तान, आयरल्याण्ड र वेष्ट इन्डिजको समान ६/६ अंक भएको छ ।

यस्तोमा पाकिस्तान र आयरल्याण्डबीच अहिले भइरहेको विजेता टोली क्वाटरफाईनलमा पुग्नेछ भने पराजित टोली र वेष्ट इन्डिजमध्ये राम्रो रन रेट हुने टोली पनि क्वाटर फाइनलमा पुग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रोम । पोर्चुगिज खेलाडी क्रिश्चियानो रोनाल्डोले क्लब फुटबलमा नयाँ कीर्तिमान बनाएका छन् । उनी इटालियन फुटबल क्लब युभेन्टसबाट क्लब फुटबल

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा एभर्टनले साउथह्याम्पटनलाई १–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा एभर्टनलाई विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा गएराति लिभरपुल, आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । शिर्ष क्लबहरु चेल्सी र

म्याड्रिड । स्पेनिस लिग फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सेभियालाई २–० ले हराएको छ । सेभियाको मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान