एमाओवादी सहित ३० दलिय गठबन्धनद्धारा आन्दोलनका कार्यक्रम घोषणा

१ चैत्र २०७१, आईतवार २१:४१ मा प्रकाशित

काठमाडौं, १ चैत । सत्तारुट राजनीतिक दल सहमतिको लागि इमान्दार नरहेको भन्दै एमाओवादी सहित ३० दलिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री सुशील कोइरालाबीच संविधान निर्माणका विषयमा सहमतिको जुटाउन छलफल भएपनि ठोस निष्कर्ष निस्कन नसकेपछि विपक्षी मोर्चाले आन्दोलनमा जाने निर्णय गरेको हो ।
आन्दोलनको घोषणापछि संचारमाध्यामसंगै कुरा गर्दै संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राइले सत्तापक्षले नौ बुँदे प्रस्तावबाट मात्र छलफल गर्ने भनेपछि सहमति हुन नसकेको जानकारी दिए । हामीले नौं वुँदे प्रस्ताव भन्दा धेरै घटना भईसकेकोले अब नौं बुदे प्रस्तावलाई समातेर सहमति हुन नसक्ने जनाएपछि सहमति हुन नसकेको जानकारी दिदै राइले अब ३० दलिय मोर्चासंग आन्दोलनको विकल्प नरहेको बताए ।
३० दलिय मोर्चाले आहन गरेको आन्दोलनका कार्यक्रमहरुमा चैत ८ गते सबै जिल्लामा सहमतिको संविधान बनाउन जोड दिदै महिला हिंसा, कालोबजारी, महङ्की, भ्रष्टाचार , लोडसेडिङ्गको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने जनाएको छ ।
मोर्चाद्धारा जारी विज्ञप्तीमा चैत ११ गते सरकारका मन्त्रीहरुको कार्यक्रममा कालो झण्डा देखाइ विरोध प्रदर्शन गर्ने, चैत १५ सबै जिल्ला सदरमुकाममा लाठी प्रदर्शन, यसैगरी मोर्चाले चैत २३ गते मसाल जुुलुस निकालेर चैत २४ देखि २६ गते देशव्यापी आमहड्ताल गर्ने भएको छ । त्यसैगरी चैत १६ गतेदेखि १८ गतेसम्म जिल्ला प्रशासनलगायतका सरकारी कार्यलयमा पालैपालो घेराउ गर्ने कार्यक्रम रहेको छ । चैत १८ गते बेलुका मसाल जुलुस निकाल्ने र चैत १९ गते देशव्यापी आमहडताल गर्ने कार्यक्रम छ ।
यस्तै २० चैत देखि २३ सम्म सम्र्पूण सरकारी कार्यालयका काम रोक्का गर्ने घोषणा पनि मोर्चाले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

काठमाडौं । विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आज सार्वजनिक हुनुहुँनेछ । सरकारले विप्लव समूहसँग वार्ता गरी तीन बुँदे सहमति

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव