मिनि विश्वकपको रुपमा लिईने यूरो कप फुटवल आजबाट सुरु

२६ जेष्ठ २०६९, शुक्रबार ०८:५० मा प्रकाशित


काठमाडौ, २६ जेठ । विश्वकप पछिको दोस्रो ठूलो फूटबल प्रतियोगिता युरोकप आजबाट सुरु हुँदै छ । पोल्याण्ड र युक्रेनले संयुक्तरुपमा आयोजना गरेको प्रतियोगितामा १६ टोली सहभागी छन् । प्रतियोगिताको उद्घाटन खेलमा सहआयोजक पोल्याण्डले घरेलु भूमिमा ग्रिसको सामना गर्दै छ । वार्सास्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राति पौने ११ बजेबाट खेल सुरु हुने बताइएको छ । दुवै टोली जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छन् । यी दुई टोलीबीच पछिल्लोपटक भएका दुई मैत्रीपूर्ण खेलमध्ये एउटा बराबरीमा सकिएको थियो भने अर्कोमा पोल्याण्डले दुई–शून्यको जीत हात पारेको थियो । यस्तै अर्को खेलमा रुसले चेक गणतन्त्रको सामना गर्दै छ । नेपाली समयअनुसार यी दुईबीचको खेल राति साढे एक बजे सुरु हुने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो । टोकियो ओलम्पिक–२०२० अन्तरगत आज नेपालकी एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको पराजयसँगै ओलम्पिक यात्रा पनि सकिएको छ । एथलेटिक्सको आज

श्रीलंकाले दोस्रो टी-ट्‍वान्टी आइ खेलमा भारतलाई चार विकेटको रोमाञ्चक जीत निकालेको छ । यो जीतसँगै घरेलु टोली श्रीलंकाले तीन टी-ट्‍वान्टी

जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत नेपाली खेलाडी गौरिका सिंहले आज महिला सय मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्दैछिन् । गौरिका आजको खेलको

टोकियो । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा पौडितर्फ नेपाली खेलाडी एलेक्स शाहले आज प्रतिस्पर्धा गर्दैछन् । नेपालका