स्वास्थ्यको समस्या देखाउँदै महाप्रबन्धक खरेलद्वारा राजीनामा

१ चैत्र २०७१, आईतवार १६:३५ मा प्रकाशित

काठमाण्डौ चैत्र १ । नेपाल वायु सेवा निगमका महाप्रबन्धक मदन खरेलले स्वास्थ्य समस्या देखाउँदै आफ्नो पदबाट आज राजीनामा दिनुभएको छ ।

सार्वजनिक संस्थान निर्देशन बोर्डको सिफारिसमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त हुनुभएका खरेलले निगम सञ्चालक समितिमार्फत सरकार समक्ष राजीनामा बुझाउनुभएको हो ।

निगमका प्रवक्ता रामहरि शर्माले महाप्रबन्धक खरेलले राजीनामा दिनुभएको जानकारी दिनुभयो । ‘‘स्वास्थ्य समस्या देखाउँदै राजीनामा दिनुभएको छ अरु विषय के हो त्यो जानकारीमा रहेन’’, प्रवक्ता शर्माले भन्नुभयो ।

वायु सेवा निगमलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित खरेलले २०६९ साल मङ्सिरमा कार्यकारी महाप्रबन्धकका रुपमा कार्यभार सम्हाल्नुभएको थियो । खरेलको राजीनामा एक महिनापछि मात्रै कार्यान्वयनमा आउने बताइएको छ ।

खरेलले राजीनामा दिनुभएपछि निमित्त महाप्रबन्धकको जिम्मेवारी वरिष्ठ निर्देशक रमेशबहादुर शाहलाई दिइएको छ । खरेलकै कार्यकालमा निगमले ३२०–२२० सिरिजको एयरबस जहाज भित्र्याएको थियो भने चीन सरकारले अनुदानमा दिएको एमए ६० र वाई १२ जहाज पनि आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जुम्ला । जुम्लामा सञ्चालित सहकारीले ठगिगरेका पाइएको छ । सहकारीका नाममा बचत उठाएर सम्पर्कविहीन भएपछि जुम्लाका नागरिक ठगिएका हुन् ।

काठमाडौं ।पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले बढेको छ।गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ४३.२९

सुर्खेत। कालीकोटको खाडाचक्र नगरपालिका-८ का प्रेम प्रकाश चौलागाई हाल वीरेन्द्रनगर-३ सुर्खेतमा गार्मेन्ट उद्योग सञ्चालन गर्छन् । उनी आफै कामदार आफै मालिक हुन् ।

काठमाडौं । प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक