पर्सामा आगलागी पाँच लाख बराबरको क्षति

१ चैत्र २०७१, आईतवार १६:२७ मा प्रकाशित

काठमाण्डौ चैत्र १ । पर्साको पर्सौनी भाठा गाविस ६ मा आगलागी हुँदा ५ वटा फुसका घर जलेर नष्ट भएका छन् ।
आगलागीमा जरोगा दास तत्वा, सबसी दास तत्वा, उजिर आलम, मकिम राउत गद्धी र कारी राउत गद्धी घर जलेका हुन् ।
५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । तर क्षतिको एकीन विवरण आउन सकेको छैन ।
दरोगा दासको घर नजिकै बालबालिकाले आगो बालेर केराउको कोसा पोलेर खाने क्रममा घरमा आगो सल्किएको प्रहरीले जनाएको छ । आगलागीमा परी तपसी दास तत्वाको घोडा समेत जलेर मरेको छ ।
बिहान करिब साढे १० बजेबाट आगो लागेको थियो । वीरगञ्जबाट गएको बारुण यन्त्रको सहयोगमा पर्सौनीभाठा, धोरेका प्रहरी, ईटियाही, पकाह मैनपुरको सशस्त्र प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक

प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ । सो समूहको

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका दुईजना अध्यक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा पुगेर भेटवार्ता गरेका छन्