रोनाल्डो विश्व कै चर्चित सेलिब्रेटी

१ चैत्र २०७१, आईतवार १६:१५ मा प्रकाशित

एजेन्सी चैत्र १ । रियल म्याड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो विश्वकै नम्बर एक चर्चित सेलिब्रेटी बन्न सफल भएका छन् ।
गतबर्षसंगै यसपटक पनि लगातार बालोन डि ओर जितेका रोनाल्डो फिफाद्धारा घोषित उत्कृष्ट विश्व फूटबलर हुन् ।
पोर्चुगलका स्टाइकर समेत रहेका रोनाल्डो सामाजिक सञ्जाल फेसबुकमा सबैभन्दा धेरै लाइक पाउनेमा यसअघि कोलम्बियन पप गायिका साकिरालाई उछिन्दै चर्चित व्यक्ति बन्न सफल भएका हुन् ।
फेसबुकमा रोनाल्डोका १० करोड ७१ लाख तीन हजार तीन सय ७६ फ््यान पुगेका छने । यस अघि कोलम्बियन पप गायिका साकिरा फेसबुकमा सबैभन्दा बढी लाइक पाउने व्यक्ति थिइन् ।
अहिले साकिराको फेसबुक पेज १० करोड ७० लाख ९० हजार ४६ जनाले लाइक गरेका छन् । रोनाल्डोको फेसबुक पेज आज दिउँसो सम्ममा साकिराको भन्दा १३ हजार तीन सय ८५ जना बढीले लाइक गरेका छन् ।
फेसबुकमा रोनाल्डो पछि बढी लाइक पाउनेमा बासिर्लोनाका अर्र्जेिन्टनी स्ट्राइकर लियोनेल मेस्सी छन् ।
मेसीको फेसबुक पेज सात करोड ८२ लाखले लाइक गरेका छन् । यस्तै इंग्ल्याण्डका पूर्व फुटबलर डेभिड बेकह्यामको फेसबुक पेज पाँच करोड २१ लाखले तथा बासिर्लोनाका नेइमारको फेसबुक पेज पाँच करोड १९ लाखले लाइक गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँदिल्ली । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सानदार जित निकालेको छ । अहमदाबादमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले

लन्डन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र रियाल मड्रिड विजयी भएका छन् । राउण्ड अफ सिक्सटिन पहिलो

म्यूनिख । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम

रोम । क्रिष्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनले युभेन्टस विजयी हुँदा क्रोटोनी स्तब्ध बन्न पुगेको छ । इटालियन सिरिए अन्तर्गत आज बिहान