थारु आन्दोलनको क्रममा मारिएका थनेतको आज शवयात्रा

२६ जेष्ठ २०६९, शुक्रबार ०८:४६ मा प्रकाशित

नवलपरासी, २६ जेठ । जनजाति थारु आन्दोलनका क्रममा घाइते भइ मृत्यु भएका धनवहादुर थनेतको आज नवलपरासीको कावासोतीमा विशाल सव यात्रा निकालिने भएको छ । थनेतको शव काठमान्डौवाट नवलपरासी ल्याएपछि फलफुलचोक देखि मृतकको घर कुमारवर्ती ७ गोछाडासम्म सव यात्रा गरिने थारु कल्याणकारीका महामन्त्री मझिलाल थारु थनेतले जानकारी दिनुभयो । शव यात्रामा जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी, थारु कल्याणकारीणी सभका अध्यक्ष चन्द्रकुमार चौधरी, थारु कल्याणकाररीणी सभका उपाध्यक्ष भजुमनराम थारु, थारु कल्याण्कारीणी सभका महामन्त्रि मझिलाल थारु थनेत, लोकतान्त्रीक समाजवादीका अध्यक्ष उपेन्द्र गच्छदारलगायतले सहभागीता जनाउदै छन् ।  गत वैसाख २७ गते कावासोतीमा प्रहरीसँग भएको झडपमा घाइते हुनु भएका थनेतको गत बुधवार मृत्यु भएको हो । सरकारले मृतकलाई सहिद घोषण गरेर  १० लाख रुपैँया राहत दिने निर्णय हिजो गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । बझाङकी हेवन उपाध्याय ‘खामोशी विथ लाइफ’को अन्तर्राष्ट्रिय विजेता बनेकी छिन् । बहिरा व्यक्तिहरूको सीप, क्षमता र कौशलता प्रदर्शन

लण्डन । बेलायतमा लामो समयदेखि बस्दै आउनुभएकी कवयित्री प्रतिभा केसी यस वर्ष अनेसास सुप्रमा इप्रमा पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

काठमाडौं । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ