बालबालिकाहरू विनाअपराध कैदी जीवन बिताउन बाध्य

१ चैत्र २०७१, आईतवार १६:०० मा प्रकाशित

महोत्तरी । बर्दिवासका तीन बालबालिका आफ्नै घरमा विनाअपराध कैदी जीवन बिताउन वाध्य छन् । बर्दिवास नगरपालिकाका विभिन्न वडामा बसोवास गर्ने १२ वर्षीय अनिल थापा मगर, सात वर्षीय प्रिन्सु शाही र १५ वर्षीया सरस्वतीकुमारी चौधरी शारीरिक रुपमा अपाङ्ग भएका कारण उनीहरु विनाकसुर घरमै कैदीको जीवन बिताउन बाध्य भएका हुन् ।

ती बालबालिका बोल्न, हातखुट्टा चलाउन तथा हिँड्डुल गर्न नसकेपछि उनीहरूका अभिभावकले दिनरात घरभित्रै बन्द कोठामा थुनेर राखेका छन् । यी तीनै बालबालिकालाई खाना खान र नुहाइदिन सीमित समयका लागि घरबाट बाहिर निकालिने गरिन्छ । हिँड्न नसक्दा यी बालबालिकालाई अभिभावकले जहाँ सुताइदिन्छन् त्यही दिसा पिसाबसमेत गरिहाल्दा स्वयम् र अभिभावकसमेतलाई सम्हाल्न हम्मेहम्मे पर्ने गरेको पाइन्छ । कहिलेकाहीँ यी बालबालिकाले दिसा पिसाब गरेको अभिभावकले थाहा नपाउँदा आफूले गरेको दिसा पिसाब पनि खाइदिँदो रहेछ ।

बाह्र वर्षीय अनिल थापा मगर पाँच वर्षको उमेर हुँदा कक्षा १ मा पढ्न दिदीसँग विद्यालय जाने गर्र्थे तर एक्कासि उनी बोल्न, हिँड्न र हातखुट्टा नचल्ने गरी अचेत भई अपाङ्ग भएको आमा माया तमाङले बताउनुभयो ।

आफ्नो घर सुनसरीको झुम्कामा रहेको अनिलका बुबाले आमालाई छोडिदिएपछि ऊ अहिले पूर्णरूपमा अपाङ्ग भई मावली बर्दिवासमा अस्तित्वहीन जीवन बिताइरहेका छन् । अनिलका आमा माया अहिले दिनहुँ बनीबुतो गरेर उनको लालनपालन गरिरहनुभएको छ । माया घरबाट काम गर्न जाँदा उनलाई कोठाभित्र थुनेर जाने रहर नभई बाध्यता रहेको बताउनुहुन्छ ।

त्यस्तै जन्मजात पूर्णरुपमा अपाङ्ग भएर जन्मेका सात वर्षीय प्रिन्सु शाही पनि बोल्न, हिँड्न र हातखुट्टा चलाउन सक्दैनन् । प्रिन्सुविक्रम शाही र पिङ्की शाहीको पहिलो सन्तानका रूपमा जन्मेका प्रिन्सुको उपचारका लागि परिवारजनले नेपाल र भारतको विभिन्न अस्पताल धाए पनि अपाङ्गबाट सपाङ्ग बन्न सकेन । प्रिन्सु पनि दिनरात सुतेर जीवन बिताइरहेका छन् ।

पूर्णरूपमा अपाङ्ग रहेकी १५ वर्र्षीया सरस्वतीकुमारी चौधरीको परिवारको नाममा कुनै जग्गा जमिन छैन । उनको परिवार जनता उच्च मावि बर्दिवासको जग्गामा भाडा तिरेर बस्दै आएको छ । उनलाई राख्ने कोठाको ढोकामा एक छेउ अलि ठूलो छ जहाँबाट उनी सिङ्गो संसार चियाउने गर्छिन् ।

यी तीनै बालबालिकाले अहिलेसम्म पनि अपाङ्ग भत्ता नपाएको उनका परिवारले गुनासो गरेका छन् । उनीहरूको परिचयपत्रसमेत अहिलेसम्म बनेको छैन । यी तीन जनाको अभिभावक अपाङ्ग परिचयपत्र बनाउन सम्बन्धित निकायमा जति धाए पनि उनीहरुले सफलता भएका छैनन् । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछिको अवस्थामा छिमेकी मुलुकले पनि चासो देखाउन थालेका छन् । नेपालमा भएको राजनीतिक

काठमाडौँ । सत्तारुढ नेकपा विवाद नटुंगिएसम्म कांग्रेसले भावी सरकारको बारेमा निर्णय नलिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास