पार्टी एकताकोलागी भन्दै माओवादी संस्थापन पक्षद्धारा विस्तारित बैठक स्थगित

२६ जेष्ठ २०६९, शुक्रबार ०८:४५ मा प्रकाशित

काठमाडौ, २७ जेठ । एकीकृत नेकपा माओवादीले पार्टी एकताकोलागी पहत गर्ने भन्दै आगामि असार १५ गतकोकालागी बोलाएको पार्टीको विस्तारित बैठक स्थगित गरेको छ ।
आज विहान उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकासको निवासमा बसेको संस्थापनपक्षको स्थायी समितिको बैठले विस्तारित बैठक स्थगित गरेको हो । बैठकले पार्टी एकतकालागी हदैसम्मको लचक भएर छलफल गर्ने निर्णय समेत गरेको छ ।
बैद्य पक्षले पार्टी संस्थापन पक्ष सैद्धान्तिक आधारबाट विचलित भएकोले नयाँ पार्टी गठनको तयारीकोलागी भन्दै असार १ गतेकोलागी राष्ट्रिय भेला बोलाएपछि संस्थापन पक्षले पनि असार १५ गतेकोलागी  विस्तारित बैठक बोलाएको थियो ।
दुबै पक्षको भेला आब्हानपछि केही मध्यमार्गी नेताहरुले पार्टी एकताको प्रयासलाई तिब्र पारेका थिए । प्रयास स्वरुप अध्यक्ष प्रचण्ड नेतृत्व त्यग गर्न पनि तयार भएका छन् । पछिल्लो समयमा बैद्य पक्षसँग भएको बार्ता सकारात्मक दिशामा अगाडि बढेकोले सहमतिको बातावरण निर्माण गर्न विस्तारित बैठक स्थगित गरिएको बताईएको छ ।
यसैवीच पार्टी भित्रको विवाद तथा समसामयिक राजनीतिक अवस्थाको बारेमा एकीकृत माओवादीको संस्थापन पक्षले ताम्सालिङ र नेवा राज्य समितिका केन्द्रीय सदस्यहरुसँग छलफल गरेको छ । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा भएको छलफलमा संविधानसभाको नयाँ निर्वाचनको घोषणा, सरकार विरुद्वको मोर्चाबन्दीमा लागेका दलहरुको माग तथा पार्टीभित्रको विवाद समाधानको उपायको बारेमा कुराकानी भएको  बुझिएको छ । बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहले नयाँ पार्टी गठनको तयारी गरेको चर्चा चलेसँगै संस्थापन पक्षले आन्तरिक छलफललाई तीब्र पारेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना संक्रमण उच्च भएको भारतमा मृतकको संख्या अत्याधिक हुनथालेपछि शव व्यवस्थापनमा समस्या भएको छ । बीबीसीका अनुसार उत्तरी भारतको गंगा

काठमाडौं । प्रतिनिधि सभामा दोस्रो, तेस्रो र चौथौं ठूलो दलका रूपमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले

पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ । अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई