काङ्ग्रेसका असन्तुष्ट नेताहरु विरोधसभामा जाने

२६ जेष्ठ २०६९, शुक्रबार ०८:४३ मा प्रकाशित

काठमाडौ, २६ जेठ । आदिबासी, जनजाति समुदायबाट पार्टीमा प्रतिनिधित्व गर्ने नेताहरुको मागको बारेमा केन्द्रीय समितिको बैठकमा छलफल गर्ने सभापतिको प्रतिबद्वतापछि नेपाली काङ्ग्रेसका आदिवासी, जनजाति नेताहरु पनि आज हुने विरोधसभामा सहभागि हुने भएका छन् । पार्टी सभापति सुशील कोइराला निवास महाराजगन्जमा बिहान भएको भेटमा आदिवासी, जनजाति नेताहरुले पहिचानसहितको सङ्घीयताको आफूहरुको माग सम्बोधन नगरी पार्टी एकतर्फी रुपमा अघि बढेकोभन्दै असन्तिुष्टि जनाएका थिए । जवाफमा सभापति कोइरालाले पार्टीको आगामी केन्द्रीय समितिको बैठकमा संघीयताको बारेमा छलफल गर्ने र माग सम्बोधनको लागि पहल गर्ने प्रतिबद्वता जनाएपछि असन्तुष्ट नेताहरु आजको विरोधसभामा सहभागी हुन सहमत भएको काङ्ग्रेस नेता अर्जुनरसिंह केसीले जानकारी दिनुभयो । भेटमा सभापति कोइरालाले संघीयताको विषयमा पार्टीमा छलफल गर्ने र उचित निकास दिने बताउनु भएको थियो । काङ्ग्रेसका आदिवासी तथा जनजाति नेताहरुले संघीयताको विषमा पार्टी नेतृत्व गम्भीर नभएकोभन्दै आजको विरोध कार्यक्रम बहिष्कार गर्ने तयारी गरेपछि सभापति कोइरालाले असन्तुष्ट नेताहरुसँग छलफल गर्नु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गर्नुभएको छ । साउन २७ गते १: ०० बजे प्रदेश प्रमुखबाट प्रदेशसभाको

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

हुम्ला । मुगु र हुम्ला जिल्ला जोड्ने लिंक रोड निर्माण गरे पनि कर्णाली नदीमा पुल निर्माणमा ढिलाइ भएको छ ।

काठमाडौं । तीन साता बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैन । मन्त्रालयको टुंगो लाग्नु त परैजाओस्