तीन दिनदेखि फोहर उठ्न नसक्दा, काठमाण्डौ दुर्गिन्धित

१ चैत्र २०७१, आईतवार १२:०४ मा प्रकाशित

काठमाण्डौ चैत्र १ । तीन दिनदेखि फोहोर उठ्न नसक्दा काठमाडौंका सडक दुर्गन्धित भएका छन् । फोहोर कहिलेदेखि उठ्छ भन्ने अझै अनिश्चित छ ।
काठमाडौं महानगरपालिकासग आवद्ध ११ वटा कर्मचारी संघसंगठनले फोहोरमैला व्यवस्थापनमा कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्कने भन्दै फोहोर नउठाएकोले सडकमा दुर्गन्ध बढेको हो ।
फोहोर कहिलेदेखि उठ्छ भनेर अहिल्यै केहि भन्न नसकिने अवस्था रहेको काठमाडौ महानगरपालिकाका वातावरण महाशाखाका प्रमुख रविनमान श्रेष्ठले बताउनु भयो ।
गएको बुधबार दिउसो फोहोर बोकेर गएको ट्रकको ठक्करले सिसडोलका स्थानीय बालकको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दाले महानगरपालिकको गाडीमा आगो लगाएका थिए ।
त्यसपछि कर्मचारीहरुले सुरक्षाको प्रत्याभूतिको माग गर्दै फोहोर व्यवस्थापन अवरुद्ध गर्दै आएका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

काठमाडौं । पूर्वमन्त्री कुबेर शर्माको निधन भएको छ । २०५९ सालमा पर्यटनमन्त्री भएका शर्माको ८४ वर्षको उमेरमा शुक्रबार काठमाडौंमा निधन

पाल्पा । पाल्पामा कोरोना विरुद्धको खोप लगाएका तीनजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । कोरोना विरुद्धको पहिलो खोप लगाएपछि स्वास्यमा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।