विश्वकप क्रिकेटमा युएईमाथि वेष्ट इन्डिजको सहज जित

१ चैत्र २०७१, आईतवार ११:५४ मा प्रकाशित

काठमाडौं, चैत्र १ । विश्वकप क्रिकेट अन्तर्गत न्यूजिल्याण्डको नेपियरमा सम्पन्न खेलमा युएईलाई ६ विकेटको फराकिलो अन्तरमा हराउँदै वेष्ट इन्डिजले अन्तिम आठमा पुग्ने संभावना बलियो बनाएको छ ।
वेष्ट इन्डिजको यो जितले समूहका अरु दुई टोली पाकिस्तान र आयरल्याण्डमाथिको दबाब बढेको छ ।
नेपियरमाआज विहान टस हारेर पहिले व्याटिङ गरेको युएईले ४८ औं ओभरमा अलआउट हुनुपुर्व १ सय ७५ रन बनायो ।
कुनै समय ४६ रन जोड्दा ६ विकेट गुमाईसकेको युएईको ईनीङ समाल्ने क्रममा नासीर अजीज र अम्जद जाभेदले सातौं विकेटको लागि १ सय ७ रनको साझेदारी गरेका थिए ।
अजीजले व्यक्तिगत ६० तथा जाभेदले ५६ रन जोडे । बलीङतर्फ वेष्ट इन्डिजका जेसन होल्डरले ४ विकेट लिए ।
जवाफमा १ सय ७६ रनको सामान्य लक्ष्य वेष्ट इंडीजले ३१ औं ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
वेष्ट इन्जिजको जितमा जोन्सन चाल्र्सको ५५ रन तथा जोनाथन कार्टरको अविजित ५० रन महत्वपूर्ण रह्यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।विभागीय भिडन्तमा त्रिभुवन आर्मीलाई सोझो सेटमा पराजित गर्दै एपीएफले दोस्रो संस्करणको टाइगर कप आमन्त्रण महिला तथा पुरुष भलिबल च्याम्पियनसिप

काठमाडौं । खेलाडीमा कोरोना भाइरसकाे आशंका भएपछि नेपाल पुलिस क्लब र प्रदेश-१ बीचको खेल स्थगित भएको छ । प्रधानमन्त्री (पीएम)

काठमाडौं । मोरोक्को अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा प्रवेश गरेको छ । शुक्रबार राति कोमोरोसलाई २-० ले पराजित

काठमाडौं । सातदोबाटो यूथ क्लबसँग अप्रत्याशित २-१ ले स्तब्ध भएसँगै मनाङ मर्स्याङ्दी क्लबको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानमा