काङ्ग्रेस, एमाले लगायत २७ दलको विरोध सभा आज

२६ जेष्ठ २०६९, शुक्रबार ०८:४१ मा प्रकाशित


काठमाडौ, २६ जेठ । सरकारले एकलौटी ढङ्गले गरेको संविधानसभाको चुनाव घोषणाविरुद्ध काङ्ग्रेस, एमाले लगायतका २७ दलले आज राजधानी काठमाडौंमा विरोधसभा गर्दैछन् । प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले संविधानसभाको नयाँ चुनाव घोषणा गरेपछि सरकार विरुद्ध आन्दोलनमा उत्रिएका नेपाली काङ्ग्रेस,नेकपा एमाले लगायतका दलहरुले राजधानीको खुल्लामञ्चमा दिउँसो १ बजे शक्ति प्रदर्शन तथा आमसभा गर्न लागेका हुन् । सभालाई काङ्ग्रेस, एमाले लगायत दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । आमसभाअघि राजधानीका विभिन्न ठाउँबाट र्याली निकालिने भएको छ । काङ्ग्रेस नेतृत्वमा सुन्धारा, एमाले नेतृत्वमा भृकुटीमण्डप, चुरेभावरले पुतलीसडक न्यूप्लाजा, नेकपा मालेले गौशाला, जनता दलले लैनचौर तथा अन्य साना दलहरूले भद्रकालीबाट एकसाथ ¥याली निकाल्ने तयारी भएको नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । संविधानसभा विघटन भएपछि नयाँ निर्वाचनमा जाने सरकारको निर्णयको विरोधमा सरकार बाहिर रहेका दलहरुको गठबन्धनले आज विरोधसभा गर्न लागेको हो । सरकारले असंवैधानिक रुपमा संविधानसभाको नयाँ निर्बाचन घोषणा गरेकोभन्दै सरकारविरुद्वको मोर्चावन्दीमा लागेका दलहरुले आजबाट संवैधानिक र राजनीतिक रुपमा लडाइ सुरु हुने बताएका छन् । राष्ट्रिय सहमतिको लागि प्रधानमन्त्रीले पद् छोड्नुपर्ने शर्त उनीहरुले राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।