डोजर पल्टिँदा दुईजनाको मृत्यु

१ चैत्र २०७१, आईतवार ११:४३ मा प्रकाशित

काठमाण्डौ चैत्र १ । म्याग्दीको निस्कोट–३ छिसमा ग्रामीण सडक विस्तारको क्रममा डोजर पल्टिँदा दुईजनाको मृत्यु भएको छ ।
हिजो साँझ सडक खन्ने क्रममा डोजर भिरबाट करिव ५ सय मिटर तल खसेको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक जेशी शाहले बताउनु भयो ।
मृत्यु हुनेमा ताकम–७ का २३ वर्षीय कुलबहादुर पुन र निस्कोट–९ का २४ वर्र्षीय प्रदिप पुन छन ।
डोजरका अप्रेटर ताकम–६ का २८ वर्षीय बालकृष्ण खत्री गम्भीर घाईते भएका छन । खत्रीको थप उपचारका लागि पोखरास्थित मण्ािँपाल अस्पतालमा रिफर गरिएको छ।
घटनास्थलमा प्रहरी निरीक्षक शाहको नेतृत्वमा आज बिहान प्रहरी पुगेर घटनाको बारेमा विस्तृत अनुसन्धान गरिरहेको बताइएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं। राष्ट्रियसभाको निर्वाचन सकिएसँगै सत्ता गठबन्धनको भविष्य के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। सत्ताघटकका अन्य दलले गठबन्धनलाई आगामी संघीय र

काठमाडौं।एमालेमा गएका पूर्वमाओवादी नेताहरू अहिले पछुताउन थालेका छन् । एमाले नेतृत्व व्यक्तिवादी भएको र आफ्ना गुनासोको सुनुवाई नगरेको भन्दै केहि

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक

जुम्ला । जुम्लाको पशुअस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले निवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले