३० दलीय मोर्चा बैठक बस्दै

१ चैत्र २०७१, आईतवार ११:०५ मा प्रकाशित

काठमाण्डौ चैत्र १ । सहमतिको वातावरण बनाउन सत्तारुढ दलहरुलाई दिएको समयसीमा हिजो सकिएपछि दोस्रो चरणको क्रियात्मक आन्दोलनका कार्यक्रम घोषणा गर्न एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाको बैठक बस्दैछ ।
सत्तारुढ दलहरुले संविधानसभामा सुरु गरेको बहुमतीय प्रक्रिया खारेज गरी सहमतिमा संविधान निर्माण गर्ने वातावरण माग गर्दै पहिलो चरणको आन्दोलन गरिसकेको मोर्चाले आज आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेको हो ।
आज सिंहदरबार स्थित एमाओवादी संसदीय दलको कार्यालयमा बस्ने बैठक मार्फत दोस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।
आज दिउँसो दुई बजे बस्ने बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम निश्चित भएको मोर्चा प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।
आन्दोलनको कार्यक्रमका प्रकृतिका बारेमा खुलाउन नचाहेका मोर्चा प्रवक्ता सिंहले सत्तारुढ दलहरुले सहमति नजनाए मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने