प्रधानमन्त्री-प्रचण्ड बार्ता, ‘सहमति खोज्न निरन्तर बार्ता गर्ने सहमति’

१ चैत्र २०७१, आईतवार ११:०१ मा प्रकाशित

काठमाडौ, १ चैत । प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीचको बार्ता ‘सहमति खोज्न निरन्तर बार्ता गर्ने सहमति गर्दै’ सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुबै नेताहरुले सहमतिमै संविधानका विवादित अन्तरबस्तुहरुमा सहमति जुटाएर संविधान जारी गर्ने विषयमा बार्ता सकारात्मक रहेको प्रधानमन्त्रीका सूचना सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीका सूचना सल्लाहकार प्रकाश अधिकारीले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले आफूहरु सहमति,सहकार्य र एकताको बाटोबाटै संविधानजारी गर्न प्रतिबद्ध रहेको भन्दै आन्दोलन केही समय स्थगित गर्न आग्रह गरेका थिए ।
जवाफमा प्रचण्डले पनि आफूहरु सहमतिमै संविधानको पक्षमा रहेकोले बार्ताको ढोका खुल्लै राखेर आन्दोलनमा जाने स्पष्ट पारेका थिए । स्रोतका अनुसार प्रचण्डले आन्दोलन तीस दलको विषय भएकोले आफूले मोर्चाको बैठकमा यो कुरा राख्ने र बार्तालाई जारी राख्दै आन्दोलनलाई पनि निरन्तरता दिने बताएका थिए ।
भेटवार्ता पछि प्रचण्डले हिजोको बैठकमा आएको अभिब्यक्तिले माघ ५ लाई छाडेर कतै कार्तिक १६ गतेको अवस्थामा मुलुक फर्काउन खोजिएको त छैन भन्ने आशंका उत्पन्न भएको भन्दै आजको भेटवार्ताले त्यसलाई चिरेकोले अब बार्ता र आन्दोलनलाई सँगसँगै लगेर सहमति जुटाउने बताए ।
उनले प्रधानमन्त्रीले सहमतिमै जाने विषयमा आफूलाई आश्वस्त पारेको समेत बताए ।
नेपाली काग्रेसका प्रवक्ता दिलेन्द्र प्रसाद बडुले आफूहरुले विपक्षी मोर्चालाई आन्दोलन रोकेर सहमतिको बाटो जान आग्रह गरेको तर उहाँहरुले बार्ताको ढोका खुल्लै राखेर आन्दोलनमा जाने बताएको भन्दै आजको बैठकले सहमतिमै अघि बढ्ने विषयमा सकारात्मक भूमिका खेलेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् ।