म्यानमारमा डुँगा दुर्घटना, मर्नेको संख्या ४५ पुग्यो

१ चैत्र २०७१, आईतवार १०:५४ मा प्रकाशित

याङ्गोन, १ चैत्र । म्यानमारमा डुँगा डुब्दा त्यसमा रहेका ४५ जना यात्रुको ज्यान गएको समाचार छ । सो दुर्घटनामा परी अरु २६ जना बेपत्ता भएका समाचारमा जनाइएको छ ।
प्राप्त समाचारअनुसार पश्चिमी म्यानमारको समुद्रमा करिब २०० जना यात्रु बोकेर गइरहेको डुँगा समुद्रको किनारमा पुग्ने बेलामा नै डुबेको बताइएको छ ।
पश्चिमी म्यानमारको क्याक्फु नगरबाट यात्रु बोकेर सो डुँगा सित्वी भन्ने नगरतर्फ जादै गरेको थियो । सो डुँगा समुद्रको किनारमा पुग्नै लाग्दा डुबेको थियो ।
सित्वी नगरका एकजना प्रहरी अधिकारीले भने हामीले ४५ जनाको शव प्राप्त गरेका छौँ । फेरी सञ्चालकको सूचनाको आधारमा अझै २६ जना हराइरहको उनले जानकारी दिएका छन् ।
ती प्रहरी अधिकारीकाअनुसार उक्त दुर्घटनामा परेका मध्ये १६७ जनाको उद्वार गरिएको थियो । सो दुर्घटनामा कुनै विदेशी भने नपरेको जानकारी दिइएको छ ।
उक्त डुँगामा बढी तौल भएकोले डुब्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पहरीले जनाएको छ । तर अनुसन्धानको क्रम भने जारी रहेको छ ।
हराएका व्यक्तिको पनि जिवितै उद्वार गर्न सकिने आशामा खोजी जारी राखिएको बताइएको छ । उद्वारका लागि कयौँ सुरक्षाकर्मी खटाइएको समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।

मस्को । संयुक्त राष्ट्रसंघले रुसी बिपक्षी नेता अलेक्सी नाभाल्नीलाई बिष सेवन गराईएको बिषयमा छानविन गर्न माग गरेको छ । संयुक्त

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले