संविधान काग्रेस, एमालेले भाडे ः रायमाझी

२५ जेष्ठ २०६९, बिहीबार १९:२९ मा प्रकाशित


अर्घाखाची– शान्ति तथा पुर्ननिर्माण मन्त्री टोप बहादुर रायमाझीले संविधानसभा फेरी ब्युतिने संभावना नरहेको बताएका छन । काग्रेस एमालेले संविधानलाई भा“डेर सडकमा गएर रुने कराउने गर्नु, सहमतीको विकल्प छाडेर सडकमा जानु देशलाई अराजकता र मुठभेडमा धकेल्न खोजेको आरोप लगाए ।
उनले दलहरुबीच सहमती भएपनि राष्ट्रिय सहमतीको सरकारको नेतृत्व बाबुराम भटराईले नै गर्ने दावी गरे ।
रिपोर्टर्स क्लब अर्घाखाचीले विहीवार सन्धिखर्कमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले जेठ १४ गते संविधान नबन्नु र संविधानसभा भंग हुनुमा काग्रेस एमाले दोषी रहेको आरोप लगाए । अन्तिम पटकसम्म प्रयास गर्दा काग्रेस एमालेले संविधान बनाउन नचाहेकाले बाध्य भएर मर्नुभन्दा बहुलाउनु नै निको भनेर प्रधानमन्त्रीले चुनाव घोषणा गरेको बताउ“दै देशलाई शुन्यताबाट बचाएको दावी गरे  । ‘आफै संविधानलाई भा“डने अनि आफै सडकमा गएर सरकारको विरोध गर्नु संविधान विरोधी हुन’, उनले भने, ‘सहमती नभए काग्रेस एमाले सडकमा कराईरहनुहुन्छ सरकारले आफनो कदम अगाडी बढाउ“छ ।’
कार्यक्रममा माओवादीका केन्द्रिय सल्लाहकार कमल खनाल, सेक्रेटरी ठाकुर कुमार विक लगायत विभिन्न मिडियामा कार्यरत सञ्चारकर्मीको उपस्थिति रहेको थियो । कार्यक्रम क्लवका सचिव वीरेन्द्र केसीको अध्यक्षता र सह–सचिव गणेश खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१

चितवन । चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालककोमृत्यु भएको छ । आज