मृगौला पिडित परियारलाई कतारबाट ४ लाख सहयोग

१ चैत्र २०७१, आईतवार १०:५० मा प्रकाशित

गणेश प्रसाद बन्जाडे , दोहा । बैदेशिक रोजगारीको शिलशिलामा विगत २२ महिना देखी कतारमा कार्यरत पोखरा रानिपौवाका २१ बर्षिय सुवास परियारको दुबै मृगौला खराब छन । काम गर्दै जादा कोखो दुखेर वर्का स्थित कतारको सरकारी अस्पतालमा स्वास्थ्य परिक्षणका लागी पुगेका उनले दुबै मृगौला खराब भएको थाहा पाए । उनी नेपाल फर्किसकेका छन । गत फेब्रवरी १३ तारिकका दिन नेपाल र्फकेका हुन ।
Doha Support 2उनी हाल पोखरा स्थित मणिपाल अस्पतालमा उपचारार्थ छन । उनको पारिवारीक अवस्थालाई मध्यनजर गर्दै कतारमा विभिन्न माध्यमबाट उनको उपचारका लागी सहयोग जुटाईएको छ । गत १३ तारिक शुक्रवारका दिन दोहाको टपर्फम रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरी दलित एकता सन्जाल एनसिसी कतारले परियारको सहयोगका बारेमा जानकारी दिइएको थियो । एनसिसी कतारबाट रु ४ लाख ४ हजार ६१ दलित एकता सन्जाल अन्तराष्ट्रिय सम्वन्य समितीका सदस्य विष्णु बहादुर गुप्ताको नाममा नेपाल पठाइएको छ ।
मृगौला रोगी परियारको उपचारका लागी दलित एकता सन्जालका कृष्ण बिश्वकर्माको संयोजकत्वमा सहयोग अभियान शुरु गरिएको थियो । सहयोग अभियानमा सदस्यहरु बिरेन नेपाली , क्षितिज किरण नेपाली , ईन्द्र लावर , लोक नेपाली , अशोक बि.क र कृष्ण परियार रहेका थिए । परियारको उपचारमा टेवा पुर्याउने उद्धेश्य अनुरुप सहयोग संकलन गरिएको पत्रकार सम्मेलनमा बताईयो । पत्रकार महासंघका निर्वतमान अध्यक्ष रबि रोषीले परियारको सहयोगका लागी कलम चलाएका हुन । रोषीले पिडितको बारेमा समाचार लेखेका थिए । उनको समाचारपछी सहयोगी हातहरु जुट्ने क्रम बढेको हो ।
दलित एकता सन्जाल कतारले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा जनप्रगतीशिल मन्चका अध्यक्ष होमनाथ शर्मा , सल्लाहकार रमेश भट्ट , पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे ,महासंघका प्रमुख सल्लाहकार रवि रोषी , पर्वत युवा सेवा समाजका दिल कुमार श्रेष्ठ , पत्रकारहरु अजिज अली ,नवराज बि.क, एमपी पोखरेल लगायतको उपस्थिती रहेको थियो । सहयोग अभियानमा पर्वत युवा सेवा समाज , कास्की आदर्श सेवा समाज , विश्वकर्मा सेवा समाज , जनप्रगतीशिल मन्च , प्रवासी झापाली मन्च लगायतका संघ संस्था तथा सहयोगीहरुले समेत रकम संकलन गरिएको सम्मेलनमा जानकारी दिईयो ।
Doha support 1दलित एकता समाजले विगतका दिनहरुमा पनी परोपकारी कार्य गर्दै आईरहेका विविध गतिबिधीहरुलाई कार्यक्रममा प्रष्ट पारियो । साथै यस अभियानमा सहयोग गर्ने सबै सहयोगीहरु प्रती संस्थाले कृतज्ञता प्रकट गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत