संविधान सभा विघटन हतासको निर्णय -पूर्व प्रम चन्द

२५ जेष्ठ २०६९, बिहीबार १७:५४ मा प्रकाशित

काठमाडौ, २५ जेठ ।पूर्व प्रधान मन्त्री लोकेन्द्रबहादुर चन्दले प्रधान मन्त्रीको संविधान सभा विघटनको कदमलाई ‘हतासको निर्णय’ बताएका छन्। उनले विघटनपछिको परिणामबारे सोच्दै नसोची प्रधान मन्त्रीले विघटन गरेको पनि बताए।
पूर्व प्रधान मन्त्रीहरुसँग सल्लाह लिने क्रममा चन्द निवास लोकन्थली पुगेका प्रधान मन्त्री बाबुराम भट्टराईसमक्ष आफूले यस्तो बताएको चन्दले सञ्चारकर्मीहरुलाई जानकारी दिए।
४५ मिनेटको भेटघाटमा उनले संविधान सभा पुनर्स्थाना गरे पनि वा जे गरे पनि सबै दललाई सहमतिमा लिएर अघि बढ्न तथा एकलौटीरुपमा अघि नबढ्न पनि सल्लाह दिएका थिए। तर जे गरे पनि अन्तरिम संविधानअनुसार मात्र गर्न पनि आफूले सुझाएको भनाई उनको थियो।
चन्दले संविधान सभा विघटनको अन्य दलले विरोध गर्नु स्वाभाविकै भन्दै सहमति गरेरै अघि बढ्न जोड दिएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । चालु आर्थिक वर्षको नौ महिनामा कूल रु सात खर्ब २९ अर्ब दुई करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त सरकार बनाउन दिएको तीन दिनको म्याद बिहीबार सकिँदै छ। बिहीबार साँझ ९ बजेसम्ममा विपक्षी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय

काठमाडौं । राष्ट्रिय जनता पार्टीको महन्थ ठाकुर पक्षले राष्ट्रपतिलाई बहुमतीय सरकारमा सहभागी नहुने जानकारी गराएको छ । राजपाका अध्यक्ष महन्थ