निर्वाचन सम्भव छः सिटौला

२५ जेष्ठ २०६९, बिहीबार १७:४९ मा प्रकाशित

काठमाडौ, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानसभा विघटन हुनुमा सरकारमा रहेका दलहरु र प्रधानमन्त्री डा बाबुराम भट्टराईको सत्तालिप्सा नै मुख्य कारण रहेको बताउनुभएको छ । राजधानीमा आज भएको एक कार्यक्रममा महामन्त्री सिटौलाले प्रधानमन्त्री भट्टराईले आफ्नो विश्वसनीयता दाउमा राखेर देशलाई खाल्डोमा हालेको र मुलुकमा ठूलो संवैधानिक सङ्कट ल्याएको आरोप पनि लगाउनुभयो । नेकपा एमालेका युवा नेता एवम् केन्द्रीय सदस्य योगेश भट्टराईले माओवादीको सर्वसत्तावाद पोलपोटको भन्दा पनि खतरनाक ढङ्गले उदय भइरहेको बताउनुभयो । प्रेस चौतारीका अध्यक्ष गगन विष्टले माओवादीले प्रेसलाई आफ्नो पक्षमा प्रचार गर्न लगाउने नभए तटस्थ राख्ने र त्यसो गर्दा पनि नभए धम्काउने, किन्नेजस्ता काम गरेको आरोप लगाउँदै सञ्चार मन्त्रीको प्रतिकार गर्ने भन्ने अभिव्यक्तिविरुद्ध आज काभ्रेमा आयोजित सञ्चारमन्त्रीको कार्यक्रम प्रेस युनियन र चौतारीले साङ्केतिकरुपमा विरोध गरेको बताउनुभयो । प्रेस युनियनका अध्यक्ष किरण पोखरेलले पत्रकार र सञ्चारमाध्यमविरुद्ध एकोहोरोरुपमा भइरहेको आक्रमणलाई निस्तेज गर्न लोकतन्त्रवादीहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

काठमाडौं । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल(वीर)को प्रमुख प्रशासकीय अधिकारी प्रा.डा. जागेश्वर गौतमलाई हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरीय निर्णय

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सरकारका न्युनतम साझा कार्यक्रम तय गर्न आज सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुँदैछ । नेकपा

कैलालीकी रुपकला विक बैंकमा कार्यरत कर्मचारी हुनुहुन्छ । उहाँको चार महिनाको बच्चा छ । सुत्केरी भएको दुई महिना बिदा सकेर