रौतहट, २५ जेठ । रौतहटको चन्द्रनिगाहपुर गाविस वडा नं. ३ गैडाटारमा रहेको सामुदायिक वनले गाउँको ६८ घरधुरीलाई सोलार बत्ती जडान गरिदिएको छ । गैंडाटारमा रहेको नव
दुर्गा सामुदायिक वन उपभोक्ता समितिले वनको आन्तरिक आम्दानीबाट सामुदायिक वनमा आवद्ध रहेका ६८ घरधुरीमा सौर्य उर्जाबाट चल्ने सोलार जडान गरेको छ ।
चन्द्रनिगाहपुर गाविसअन्तर्गत पर्ने भए पनि विकट मानिएको गैंडाटारमा रहेको नवदुर्गा सामुदायिक वनले जर्मनीमा बनेको सोलारलाई प्रतिसेट १३ हजार ५ सय
भुक्तानी गरेको छ । ६८ घरधुरीमा जडान गरिएको सोलारबाट ४ वटा बत्ती, मोबाइल चार्ज, आवश्यकता अनुसार एलसिडी टिभीसमेत चलाउन सकिने वन उपभोक्ता समितिका अध्यक्ष सन्त बहादुर पाख्रिनले जानकारी दिनुभयो ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आवमा रु तीन खर्ब ७८ अर्ब नौ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय
काठमाडौं । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती गर्ने युवा जति खाडीमा । तिनै युवाले