एमाओवादीका दिनानाथ शर्माले चुनाव नलड्ने

३० फाल्गुन २०७१, शनिबार १३:२१ मा प्रकाशित

काठमाण्डौ फागुन ३० । बाग्लुङ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गरिएका एमाओवादीका उम्मेदवार तथा पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले निर्वाचन नलड्ने बताएका छन् ।
आगामी चैत २८ गते हुने उपनिर्वाचनमा बाग्लुङ क्षेत्र नम्बर १ बाट एमाओवादीले उनलाई उम्मेदवार बनाउने निर्णय गरे पनि उनले पार्टीसमक्ष राखेको सर्त पूरा नभएसम्म निर्वाचनमा कुनै हालतमा नलड्ने जिकिर गरेका छन् ।
शर्मा एमाओवादीका मात्र उम्मेदवार नभई ३० दलीय गठबन्धन मोर्चा समेतका उम्मेदवार हुन् । उनले आफू निर्वाचन नलडने कुरा पार्टीमा बताएपछि एमाओवादी र मोर्चाका अन्य पदाधिकारीहरुबीच छलफल तीब्र भएको छ ।
पार्टीको माथिल्लो निकायमा उनले आफ्ना सर्त पूरा नभएसम्म निर्वाचनमा उम्मेदवारी नदिने बताएपछि एमाओवादीभित्र खैलवैला मच्चिएको छ ।
दोस्रो संविधानसभाको निर्वाचनमा पनि शर्मालाई बाग्लुङको उम्मेदवार बनाउने कि नबनाउने भन्नेमा चर्को विवाद भएको थियो । बाग्लुङ पार्टी कमिटीमा उनको विपक्षमा उभिएका नेता–कार्यकर्ताले शर्मा हाल काठमााडौंमा बस्ने भएपछि कसरी उनलाई बाग्लुङको उम्मेदवार बनाउने भन्ने प्रश्न उठाएका थिए । शर्माको हाल काठमाडौंको सामाखुसीस्थित रानीबारीमा निजी घर छ ।
उनले पार्टीको माथिल्लो निकायमा के सर्त राखेका हुन् भन्नेबारे बुझ्न बारम्बार सम्पर्क गर्ने प्रयास गर्दा पनि शर्मासँग सम्पर्क हुन सकेन । शर्माकै उम्मेदवारीलाई लिएर अहिले एमाओवादीको बाग्लुङ जिल्ला पार्टीको अनौपचारिक छलफल चलिरहेको छ ।
बाग्लुङको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले दिवंगत सभासद हरिबहादुर खड्काकी श्रीमती चम्फा खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने एमालेका तर्फबाट एमाले बैकल्पिक केन्द्रीय सदस्य मनकुमारी केसीले उम्मेदवारी दिने पक्का भैसकेको छ ।

 ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालय दिने अवार्ड पाएकी छन्। गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमणमा

झुट्टा विवरण पेश गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव

काठमाडौं । नेपाली काँग्रेसले बदलिँदो राजनीतिक परिस्थितिमा संविधान, लोकतन्त्र र जनतालाई केन्द्रमा राखेर निर्णय लिने भएको छ । कांग्रेसका सभापति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक स्थिरता कायम गर्दै जनताको जीवनमा परिवर्तन ल्याउने र स्थिरता कायम गर्ने लक्ष्यमा हुने