धुलिखेल घोषणा पत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलनको सम्पन्न

२५ जेष्ठ २०६९, बिहीबार १७:४६ मा प्रकाशित

काभ्रे, २५ जेठ । धुलिखेल घोषण पत्र जारी गर्दै राष्ट्रिय मिडिया सम्मेलनको समापन काभ्रेको सदरमुकाम धुलिखेलमा आज सकिएको छ । सम्मेलनमा प्रेस स्वतन्त्रता, राष्ट्रिय विज्ञापन नीति जारी गर्ने, श्रमजीवीपत्रकार ऐन कार्यान्वयन गरिनु पर्ने, स्वयत्त प्रेस रजिष्टार नियुक्ती लगायतका विषयमा ब्यापक छलफल भएको बताइएको छ । त्यस्तै महिला पत्रकारहरुको सुरक्षा र सम्पादन कक्षमा समावेशीता, स्थानीय स्तरमा सञ्चालित सञ्चार माध्यमको विकेन्द्रीकरण, सञ्चार क्षेत्रमा लगानीकर्ताको मूल्य मान्यता र आचारसंहिताका बारेपनि छलफल भएको सञ्चारिका समूहका अध्यक्ष निर्मला शार्माले जानकारी दिनुभयो । सम्मेलनले नेपाल प्रेस काउन्सिलको पुनर्संसचाना गरी ब्यवसायीक पत्रकारीतालाई जोड दिने, विद्युती र छापा माध्यमको अभिलेख राख्न सरकारसँग माग गरेको छ । प्रेस काउन्सिल नेपाल, सुचना विभाग, नेपाल पत्रकार महासंघ र न्यूनतम पारिश्रमिक निर्धारण समितिले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विज्ञसहित अनुभवी पत्रकारहरुले पत्रकार आचारसंहिता र श्रमजीवी पत्रकार ऐनका बारे कार्यपत्र पेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको