प्रमुख दलहरु संयुक्त छलफलमा जुट्दै

३० फाल्गुन २०७१, शनिबार १३:१९ मा प्रकाशित

काठमाण्डौ फागुन ३० । संविधान निर्माण सम्बन्धी आज प्रमुख चार राजनीतिक शक्तिहरुबीच औपचारिक छलफल हुँदैछ ।
संविधान निर्माण प्रक्रिया लगायतका विषयमा सहमति जुटाउन प्रमुख सत्तारुढ कांग्रेस एमाले र विपक्षी एमाओवादी तथा मधेसवादी दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे छलफल हुने भएको हो ।
केही दिन अघि सत्तारुढ र विपक्षी दलको सयुक्त बैठकले विवाद मिलाउन चार राजनीतिक शक्तिका प्रमुख नेताहरुलाई जिम्मेवारी दिएको थियो ।
सोही जिम्मेवारी अनुसार आज बस्ने बैठकमा संविधानसभाको बैठक सुचारु , संविधानका विवादित विषयका बारेमा प्याकेजमै सहमति लगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि शुरु हुँदैछ । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च