भारतसामु जिम्बाले २८८ रनको लक्ष्य प्रस्तुत

३० फाल्गुन २०७१, शनिबार ११:१६ मा प्रकाशित

काठमाण्डौ फागुन ३० ।  विश्वकप क्रिकेट अन्तर्गत समुह ‘बी’ को आफ्नो अन्तिम खेलमा जिम्बाबेले भारतसामु २८८ रनको लक्ष्य प्रस्तुत गरेको छ । अकल्याण्डमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले कप्तान ब्रेन्डन टेलरको शतकको सहयोगमा ४८.५ ओभरमा सबै विकेट गुमाउदै २८७ रन बनायो । टप अर्डरका तीन ब्याट्म्यानले दोहोरो अंक छुन नसकेपछि खराब सुरुवात गरेको जिम्बाबेको इनिङ कप्तान बे्रन्डन टेलर र सन विलियम्सले सम्हालेका थिए । उनीहरुले चौथो विकेटका लागि ९३ रनको साझदारी गरे । टेलर १३८ रनमा आउट भए भने विलियम्स ५० रनमा आउट भए । अन्य ब्याट्म्यानको योग्दान खासै राम्रो रहेन । भारतका मोहम्मद शमि र उमेश यादब र मोहित शर्माले समान ३-३ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । इग्लिस प्रिमियर लिग फुटबलमा मंगलबार बिहान सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई २–० ले हराएको छ । आफ्नै मैदानमा भएको

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो

स्पेनिस लिग फुटबलमा बार्सिलोनाले ओसासुनालाई २–० ले हराएको छ । गएराति ओसासुनाको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा

न्यूजिल्याण्ड भ्रमणमा रहेको अस्ट्रेलियाले पाँच खेलको ट्वान्टी–ट्वान्टी क्रिकेट सिरिजको चौथो खेलमा शानदार जित हात परेको छ । घरेलु टोलीलाई ५०